शनिबार, बैशाख ८, २०८१

मधेस आन्दोनलको नाममा कुनै पनि भड्काउमा नलागी सामाजिक सद्भाव कायम गर्न नेता नेपालको अपिल

 काठमाडौ पौष ६, पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपालले आज एक प्रेस विज्ञप्ति जारी गर्दै मधेसमा आन्दोनलका क्रममा भड्काउमा नलाग्न अपिल गर्नुभएको छ । त्यस्तै नेता नेपालले लोकतन्त्रमा शान्तिपूर्ण विरोध र आन्दोलन गर्ने अधिकार प्रत्येक  नागरिकलाई हुने भएकाले आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको हनन नहोस् भन्नेतर्फ हामी सबै सजग रहनुपर्ने उल्लेख गर्दै जारी अपिलमा आइतबार रौतहट जिल्लाको गौर नगरपालिकामा आन्दोलनकारी एवम् सुरक्षाकर्मीबीच झडप हुँदा कक्षा १० मा पढ्ने विद्यार्थीको दुःखद् निधन भएको समाचारले आफुलाइ दुखित बनाएको बताउँदै मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

रौतहट निर्वाचन क्षेत्र नम्बर १ का सभासद्समेत रहनु भएका नेता नेपालले आन्दोलनको नाममा सामाजिक सद्भाव कायम राख्न आग्रह गर्दै कुनै पनि भड्काउमा नलागी सामाजिक सद्भाव र राष्ट्रिय एकतासहित आर्थिक समृद्धिको बाटोमा हातेमालो गरी अगाडि बढ्न सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीलाई हार्दिक अपिल गर्दछु” अपिलमा भनिएको छ ।  त्यस्तै  जारी आन्दोलनमा आवश्यक संयमता अपनाउन, मानवअधिकारको संरक्षण गर्न, सामाजिक सद्भाव कायम गर्न र जनताको जीउधनको रक्षा गर्न आन्दोलनकारी एवम् सुरक्षा निकायसहित राज्यका सम्पूर्ण अङ्गलाई विशेष अपिल गर्नुभएको छ ।