बुधबार, बैशाख २६, २०८१

सूचना प्रविधीसँग जोडिएको संस्था डिस होममा गरिएको बम प्रहारको घटनाप्रति युनियनद्दारा भर्त्सना

बम प्रहार घटनाको नेकपा माओवादी नेत्र विक्रम चन्द विप्लव समुहका नेता खड्ग बहादुर विश्वकर्माले लियो जिम्मेवारी

काठमाडौं पौष १ ,  हिन्दी च्यानल प्रसारण गरेको भन्दै सूचना प्रविधी क्षेत्रसँग जोडिएको संस्था डिस होमको ललितपुरको भैसेपाटीमा रहेको केन्द्रीय कार्यालयको टावरमा बुधवार विहान गरिएको आक्रमणप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको जनाएको  छ । प्रेस युनियनका महासचिव अजय बाबु शिवाकोटीद्दारा आज जारी प्रेस विज्ञप्तिमा डिस होमका डिजीएम कल्याण अधिकारीलाइ उदृत गर्दै डिस होमको टावरमा गरिएको बम आक्रमणबाट साँढे २ press-realese-dish-home-2072-9-1 Copyकरोडको क्षती हुनुका साथै साँढे ५ लाख ग्राहकले पाउँदै आएको सेवा अवरुद्ध भएको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा कुनै राजनीतिक दलको तर्फबाट केहि च्यानलहरु प्रसारण नगर्न चेतावनी दिने र प्रसारण रोकेको भन्दै सरकारले प्रसारण रोक्ने संस्थाहरुलाई कार्वाहीको धम्की दिएको पृष्ठभुमिमा बुधवार डिस होमको केन्द्रीय कार्यालयमा बम प्रहारको उक्त घटना भएको र यसरी राजनीतिक समस्या राजनीतिक ढंगले नै समाधान हुनुपर्नेमा त्यसतर्फ नलागि व्यवसायी र त्यसमा काम गर्ने कर्मचारीलाई सरकार र राजनीतिक दल विशेषले तारो बनाउने कार्यको नेपाल प्रेस ���ुनियन सदैव विपक्षमा   रहेको  जनाउँदै घटनाको भत्र्सना गरेको छ। त्यस्तै एकातिर सूचना सञ्चार र प्रविधी मन्त्रालय र यसको नेतृत्व गरिरहनुभएका मन्त्री शेरधन राईले सबै प्रसारकहरुलाई प्रसारण खुल्ला गर्न निर्देशन दिदै अन्यथा कार्वाहीको चेतावनी दिने तर सुरक्षा नदिने अर्कोतर्फ सरकारी आदेश मान्दा आक्रमण र बम प्रहार हुनुले व्यवसायिक वातावरण मात्र खल्वलिएको छैन नागरिकको सुसुचित हुने अधिकार पनि खोसिएको उल्लेख गरिएको छ ।

साथै विज्ञप्तिमा अगाडि नेपाल प्रेस युनियन सूचना तथा सञ्चार क्षेत्रसँग जोडिएका कुनै पनि संस्थामाथि कुनै पनि बहानामा हुने कुनै पनि आक्रमणको विरोध गर्दछ। राजनीतिक प्रकृतिको विषयमा गैरराजनीतिक संस्थाहरुमा गरिएको यस किसिमका आक्रमणको निन्दा गर्छ। साथै उचित व्यवसायिक वातावरण बनाउँदै नागरिकको सुसुचित हुने अधिकारको सम्मान गर्न सम्वन्धित सबै पक्षसँग युनियन जोडदार माग गर्दछ भनिएको छ । उक्त बम प्रहार घटनाको नेकपा माओवादी नेत्र विक्रम चन्द विप्लव समुहका नेता खड्ग बहादुर विश्वकर्माले जिम्मेवारी लिनुभएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930