शनिबार, बैशाख ८, २०८१

तराई एफएम वीरगन्जलाई ७ दिनभित्र उपस्थित हुन काउन्सिलको निर्देशन 

काठमाडौ मार्ग २९,  नेपाल प्रेस काउन्सिलले रेडियो तराई एफएम १०७ मेघाहर्ज, वीरगन्ज, पर्सालाई पौष १ देखि २९ सम्म प्रसारित सामाग्रीको रेकर्डसहित ७ सात IMG_00311दिनभित्र उपस्थित हुन निर्देशन दिने निर्णय गरेको छ ।  काउन्सिलको आज बसेको बैठकले रेडियोका व्यवस्थापन प्रमुख र समाचार प्रमुखलाई स्वयम् उपस्थित हुन निर्देशन दिने निर्णय गरेको काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्कीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै विज्ञप्तिमा काउन्सिलबाट भएको अनुगमन र जनगुनासो समेतका आधारमा तराई एफएमले पत्रकार आचरसंहिताविपरीतका समाचार सामग्री बारबार प्रसारण गरिरहेको भनी यसअघि कात्तिक १७ गते आचार संहिता उल्लङ्घन विपरीतका समाचार सामग्री प्रसारण नगर्न नगराउन काउन्सिलले निर्देशन दिएको उल्लेख गरिएको छ ।