काठमाडौ मार्ग २४ , पेट्रोल पम्पमा ड्युटीमा खटिएका प्रहरीलाई हेल्मेटले प्रहार गर्ने चार जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउपर्नेमा कामपा वडा नं का –११ अरुण वैद्यसहित अन्य ३ जना रहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । त्रिपुरेश्वरस्थित मायाराम भोलाराम पेट्रोल पम्ममा तेल वितरण गर्ने क्रममा यही मार्ग २२ गतेको कुपन देखाई जवरजस्ती तेल हाल्न खोजेपछि त्यहाँ रहेको प्रहरी टोलीले रोकेको थियो । सम्झाई बुझाइ गर्न खोज्दा वैद्यसहितका व्यक्तिले प्रहरीमाथि हेल्मेटले आक्रमण गरेका थिए । हेल्मेट आक्रमणबाट डियुटीमा रहेका दुई प्रहरी जवान घाइते भएका छन् । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
पेट्रोल पम्पमा प्रहरीलाई हेल्मेट प्रहार गर्ने वैद्यसहित ३ जना पक्राउ
December 10, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- संसद्मा बोल्ने अनुमति माग गर्दै सभामुख घिमिरेलाई गृहमन्त्री लामिछानेले लेख्यो पत्र
- चन्द्रागिरि नगरपालिकामा बुधवार सार्वजनिक बिदा
- सत्तारुढ र प्रतिपक्षी दलहरु आ-आफ्नो अडानमै,सभामुखले डाकेको बैठक निष्कर्षविहीन
- सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउने कांग्रेसको अडान कायमै :सचेतक लेखक
- गण्डकी प्रदेश सरकार विश्वासको मत प्रकरण : सभामुखको घोषणाविरुद्ध सर्वोच्चमा रिट दायर
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np