बिहिबार, बैशाख २०, २०८१

नाराबाजीका कारण संसद बैठक पनि आजपनि अवरुद्ध

काठमाडौ मार्ग २० निर्धारित समयभन्दा दुई घन्टा ढिलो सुरु भएको व्यवस्थापिका संसदको आज बसेको बैठक पनि मधेसकेन्द्रित दलका सांसद्को नाराबाजीका कारण अवरुद्ध भयो । बैठक बस्ने जनाउ घन्टी सहित सांसद्ले राष्ट्रिय गान सकिनेबित्तिकै नाराबाजी सुरु भएको थियो ।
bicc-1-300x225 (1)आजको बैठकको परिदृष्य अनुरुप मधेसी मोर्चासहित नेपाली काँग्रेस, नेकपा एमाले र नेपाल मजदुर किसान पाटीका सांसदले आआफ्नो आसनमा नबसी नाराबाजी र आफ्ना कुरा भन्न थालेपछि सभामुखले उहाँहरुलाई बोल्न समय दिने भन्दै बस्न आग्रह गर्दैगर्दा पनि नारावाजी नरोकिए पछि सभामुख ओनसरी घर्तीले सोमबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगन गरिएको घोषणा गर्नुभएको थियो ।
आजको बैठकमा प्रधानमन्त्री एवम् मन्त्रिपरिषद् कार्यालयबाट सदनलाई प्राप्त पत्र वाचन गर्ने र महिला बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समितिको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची थियो । लामो समयदेखि उक्त प्रतिवेदन सदनसमक्ष प्रस्तुत हुन सकेको छैन ।