शुक्रबार, चैत्र १६, २०८०

नारावाजीका कारण संसद्को बैठक ३ दिनका लागि स्थगन

काठमाडौ मार्ग २१, मधेसमा आन्दोलनरत मधेसवादी दलको अवरोधका कारण आजको संसद्को आजको बैठक स्थगित भएको छ । आज बैठकको प्रारम्भमा bicc-1-300x225 (1)सभामुख ओनसरी घर्तीले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापालाई बोल्न समय दिएलगत्तै मधेसी मोर्चा आबद्ध सांसदले रोष्टम नजिक गएर लगातार नाराबाजी सुरु गरे पछि सभामुख घर्तीले तीन दिनसम्मका लागि अथौत मार्ग २४ गते अपराह्न ३ बजे बस्नेगरि बैठक स्थगन भएको घोषणा गर्नु भएको हो । आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने, महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिको वार्षिक प्रतिवेदन, २०७२ र नेपालको संविधान पहिलो संशोधन , २०७२ प्रस्तुत गर्ने कार्यसूची रहेको थियो ।

यसअघि पटक पटकको नारावाजी र रोष्टम घेराउका कारण प्रस्तावित कार्यसूचीमामा नै प्रवेस गर्न नसकी अवरुद्ध हुँदै आएको संसद्को बैठक खुलाउने विषयमा प्रमुख दलका शीर्षनेताहरूबीच आज विशेष छलफल थियो । सभामुख ओनसरी घर्तीको कार्यकक्षमा भएको छलफलमा दलहरुवीच ससदमा जारी अवरोध खुलाउने विषयमा छलफल प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका तर्फबाट महेश आचार्य र प्रमुख सचेतक चीनकाजी श्रेष्ठको सहभागीता रहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ