सोमवार, बैशाख २४, २०८१

जारी मधेस आन्दोलनको सवालमा गोप्य मन्त्रणा गर्न मधेसवादी दलका शीर्ष नेताहरु दिल्लीतर्फ

काठमाडौं मार्ग २० ,मधेसमा आन्दोलनरत मधेसवादी दलका शीर्ष नेताहरु आज दिल्ली गएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भन्दै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सदभावना फोरमका अध्यक्ष महेन्द्र यादव गएराती नै पटना हुँदै दिल्ली पुगिसक्नु भएको छ । तमलोपा अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव भने आज बिहान दिल्ली उड्नु भएको बुझिएको छ। दिल्लीमा मधेस आन्दोलन र images (2)नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने मोर्चाका नेताहरुले बताएका छन् ।

भारतमा विभिन्न राजनीतिक दलका नेताहरुसँग विभिन्न नेपालको पछिल्लो अवस्थबारे अन्तरक्रिया गर्ने उद्देश्यले नेताहरु भारत जान लागेको बताइएपनि मुलत प्रमुख दलहरुले ३ बुँदे अवधारणा सार्वजनिक गरि सकेको  अवस्थामा मधेस आन्दोलनलाइ कसरी अगाडि बढाउँने भन्ने सवालमा मन्त्रणा लिन मधेसवादी दलका नेताहरु दिल्ली पुगेको बताईन्छ ।

त्यसो त मोर्चाको बैठकपछि जारी विज्ञप्तिमा मोर्चाका नेताहरूले भारतीय विदेश मन्त्री सुष्मा स्वराज, प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, गृहमन्त्री राजनाथ सिंहसँग भेट्ने कार्यक्रम तय भएको बताउँनु ले पनि प्रस्तुत सवाललाइ पुष्टि गर्ने दावी गर्दै मधेस आन्दोलनको सवालमा जानकारी एक नेताले भने अवको तयारी भनेको आन्दोलनको समायोजना भएकोले मधेसवादी नेताहरु ने्पाल फर्केपछि केहि नयाँ कुरा आउँने बताए भाजपाका महासचिव राम माधव, काँग्रेस आईका नेता डा। करण सिंह, जनता दल युनाइटेडका अध्यक्ष शरद यादव, भाजपा नेता भगतसिंह कोस्यारी, माक्र्सवादी कम्युनिस्टका नेता सीताराम यचुरी, सांसद डिपी त्रिपाठीलगायतसँग भेट्ने कार्यक्रम रहेको  जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930