बिहिबार, चैत्र १५, २०८०

महानगरभित्र अव बन्ने नयाँ भवनको नक्सा पास विद्युतीय प्रक्रियाबाट

नयाँ घर निर्माणको क्रममा अपनाइने परम्परागत नक्सा पाससम्बन्धी व्यवस्था क्रमस विस्थापित
अनलाइन प्रणालीमार्फत नक्सा पासको व्यवस्था कार्यान्वयमा ल्याइने

काठमाडौ मार्ग २० काठमाडौँ महानगरपालिकाले महानगरभित्र बन्ने नयाँ घर निर्माणको क्रममा अपनाइने परम्परागत नक्सा पाससम्बन्धी व्यवस्थालाइ anup_20151206_1 anup_20151206_2 anup_20151206_4 anup_20151206_6 anup_20151206_8 anup_20151206_22 anup_20151206_26 anup_20151206_33 anup_20151206_44विस्थापन गर्दै अन,इन प्रणालीमार्फत नक्सा पासको व्यवस्था कार्यान्वयमा ल्याएको छ । जस अनुरुप अवदेखि माहानगरवासीले नक्सा पासको लागि फाइल बोक्ने झन्झट व्यहोर्नु नपर्ने भएको छ । अर्थात नक्सापास सम्बन्धी सम्पूर्ण जानकारी अनलाइनमार्फत प्राप्त सकिने भएको छ ।

महानगरले आज एक औपचारिक कार्यक्रमको आयोजना गर्दै सुभारम्भ गरिएको कार्यक्रममा दिईएको जानकारी अनुसार अब घरमै बसेर नक्सा पासको प्रक्रिया कहाँ पुग्यो, कति दिनमा तपाइले स्वीकृति पाउनुहुन्छ, के कति कागजात आवश्यक पर्छ र के कति राजस्व तिर्नुपर्छ भन्ने पनि अनलाइनमार्फत नै जानकारी प्राप्त गर्न सकिने जनाएको छ ।

नक्सा पास प्रक्रियालाई सरल, पारदर्शी तथा उत्तरदायी बनाउनका लागि प्रस्तुत प्रणाली सहयोगी हुने विश्वास अभिव्यक्त गरिएको आजको कार्यक्रममा महानगरले शुरुवात् गरेको विद्युतीय नक्सा पास प्रणालीबाट महानगरबासीलाई शुशासनमा राहत मिल्ने बताउँदै उपप्रधान, संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले भवन निर्माण प्रक्रियामा कानुनको पालनामा सुधार आउने अपेक्षा गर्दै जनतालाई सेवा दिनका लागि नविनत्तम प्रणाली प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभएको छ । त्यस्तै उहाँले विद्युतीय प्रक्रियाका बारेमा जानकारी नभएका जनतालाई पनि महानगरले सहजरुपमा सो सेवा दिनुपर्ने र सेवाग्राहीले झन्झट व्यहोर्नु नपर्ने अवस्थाको सिर्जना गर्नुपर्ने पक्षमा जोड दिदै नयाँ प्रक्रिया सुरु हुनु आफैमा सकारात्मक र महत्वपूर्ण पक्ष भएको बताउँनु भएको छ ।
त्यस्तै सुभारम्भ कार्यक्रममा कामपाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले महानगरले २०७० भाद्र ५ गतेबाट अनलाइन प्रक्रियाबाट नक्सा पास गर्ने प्रक्रियालाई अगाडि बढाएको जानकारी दिदै हाल वडा नं १, ४, ६, ७, ९, १३, १४, १५, १६, २९, ३२, ३३, ३४ र ३५ मा विद्युतीय प्रणालीमार्फत नक्सा पास प्रक्रिया सुरु भइसकेको र महानगरका सबै ३५ वटै वडामा आगामी अषाढ भित्रै विद्युतीय नक्सा पास प्रक्रियालाई कार्यान्वयनमा ल्याइने जानकारी दिनु भएको छ ।

त्यस्तै गरि कार्यक्रममा डिफिड नेपालकी प्रमूख डा. गेल मार्जेटले विद्युतीय नक्सापास प्रणाली भूकम्पबाट प्रभावित परिवारहरुको पुनस्र्थापनाकालागि गरिने पुनर्सरचनामा लाभदायी हुने विश्वाश व्यक्त गर्नु भएको भएको उक्त कार्यक्रममा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडिपिका राष्ट्रिय निर्देशक रेनड मेयरले भावी दिनहरुमा भूकम्प प्रतिरोधी निर्माणमा विद्युतीय नक्सापास प्रणाली लाभदायक हुने आशा व्यक्त गर्नु भएको थियो । प्रस्तुत प्रणालीको कार्यान्वयनसंगै सामान्य अवस्थामा नक्सा पास गर्ने कानुनी तथा प्राविधिक प्रक्रिया पूरा गर्न २१ दिन लाग्ने गरेको अवस्थामा नयाँ प्रणालीले अझ छोटो समयमा काम पूरा हुने बताईएको उक्त कार्यक्रमका वक्ता सहरी विकास विभागका प्रमुख अर्चना श्रेष्ठ तथा कार्यक्रम प्रस्तोता इञ्जिनियर वीरबहादुर खड्काले प्रयोगमा आइसकेको प्रणालीलाई दिगो सञ्चालन गर्न विद्युत संकट, उपभोक्तामा प्रणालीको उपयोग गर्ने बानीमा विकास जस्ताकारण चुनौती रहेको जनाउँदै नियमित वहसले कामको प्रभावकारिता बढ्ने बताउँनु भएको थियो ।

के हो ?  इ. बी. पी.एस

इलेक्ट्रोनिक विल्डिङ् परमिट सिस्टम भवन नक्सा पास गर्ने कामलाई व्यवस्थित बनाउने प्रणाली हो । यसमा सबैभन्दा पहिले डिजाइनरलाई युजर नेम र पासवर्ड दिइन्छ । कार्यालयले उपलब्ध गराएको युजर नेम र पासवर्ड भरिसकेपछि व्यक्तिगत विवरण भर्ने पेजमा पुगिन्छ । यस पेजमा जग्गाको विवरण अर्थात् लालपुर्जा, घरको नक्सा, नापी नक्सा सम्बन्धी विवरण भर्नु पर्छ त्यस्तै वाइलज र विल्डिङ् कोड सम्बन्धी विवरण तथा व्यवस्था पनि यसै पेजमा भर्नु पर्दछ ।

विवरण भरिसकेपछि यो फर्म घर नक्सा डिजाइनरले महानगरको रजिष्ट्रेसन डेक्समा सेन्ड गर्छ । रजिष्ट्रेसन डेक्सले फारम भरेको वा अपलोड गरिएका कागजात मिले नमिलेको जाँच गर्छ । नमिलेको भए कमेन्टसहित डिजाइनरलाई सच्याउन फिर्ता पठाउँछ भने विवरण सही भए टेक्निकल डेक्स वान मा पठाउँछ । जहाँ विल्डिङ् वाइलजको परीक्षण हुन्छ । टेक्निकल डेक्स वानमा विवरण ठीक भए त्यसलाई टेक्निकल डेक्स टु मा पठाइन्छ जहाँ विल्डिङ कोडका पक्षबाट कागजपत्र जाँच गरिन्छ ।

डिजाइनरले विवरण भर्दा विल्डिङ् कोड र विल्डिङ् वाइलज विपरीत भरेको भए सफ्टवेयरले गलत डिजाइनमा रातो अर्थात् फल्टि डाटा देखाउँछ । यी दुवै प्राविधिक पक्षबाट नक्सा पास प्रक्रिया अघि बढेपछि एक्ज्युकेटिभ वानकोमा फाइल पुग्छ । त्यहाँ विवरणको ओभरअल विश्लेषण गरिन्छ । त्यहाँबाट पास भइसकेपछि डाटालाई राजस्व विभागमा राजस्व दाखिलाकालागि पठाइन्छ ।

राजस्वबाट फाइल वडा कार्यालयमा जान्छ । वडाले साँध सँधियारसँगको सम्बन्ध वुझ्न १५ दिने सूचना प्रकाशित गर्छ । १६ औं दिनमा सर्जमिन गरी मुचुल्का तयार गर्छ । त्यसपछि बस्तुगतस्थितिमा सर्जमिन तथा मुचुल्काको विवरणसहितको डाटा महानगरको केन्द्रमा रहेको रजिष्ट्रेसन डेक्समा पठाउँछ । त्यसलाई रजिष्ट्रेसन डेक्सले एक्ज्युकेटिभ वानकोमा पठाइदिन्छ । एक्ज्युकेटिभ वानले भवनका विषयमा प्राप्त भएका सूचना अध्ययन तथा विश्लेषण गरी डिपिसिसम्मको प्रमाण पत्र जारी गर्छ ।

डिपिसिसम्मको निर्माण सम्पन्न भइसकेपछि डिजाइनरले दिएको निवेदनका आधारमा टेक्निकल डेक्स वान र टुको संयुक्त सहभागितामा स्थलगत निरीक्षण, अध्ययन अवलोकन हुन्छ । यसरी गरिएको अध्ययनबाट प्राप्त रिपोर्ट अपलोड गरी ती डाटालाई रजिष्ट्रेसन डेक्समा पठाइन्छ । रजिष्ट्रेसन डेक्सले डाटालाई एक्ज्युकेटिभकोमा फरवार्ड गर्छ । एक्ज्युकेटिभको डेक्सबाट भवन निर्माणको आवश्यकता र विद्यमान कानुनी व्यवस्थाको पालना विश्लेषण जारी गरी भवन निर्माण स्वीकृति प्रदान गर्छ ।

यसरी भवन निर्माणकालागि आवश्यक पर्ने मापदण्डलाई सफ्टवेयरमार्फत विश्लेषण गरी स्वीकृति प्रदान गरिन्छ । यस प्रक्रियाबाट मानवीय त्रुटीकाकारण भवन निर्माण प्रक्रियामा हुने लापर्वाही तथा कमजोरी पूर्ण रुपमा कम हुन्छ ।  यस अघि धेरै कागजात बोकेर प्रक्रिया अघि बढाउनु पर्ने भएकोले प्रक्रिया कठिन र झन्झटिलो थियो । अव भवन नक्सा स्वीकृतिकालागि घरमै बसेर दर्तावाला डिजाइनरको सहयोग लिएर इन्टरनेट सुविधा भएको कम्प्युटरबाट काम गर्न सकिन्छ । अहिले डिजिटल सिग्नेचर कार्यान्वयनमा आइ नसकेकोले कागजात पनि बुझाउनु पर्छ । डिजिटल सिग्नेचर गर्न शुरु भइसकेपछि भने कागजातको प्रक्रियाबाट पूर्ण छुटकारा पाउन सकिन्छ ।