बुधबार, बैशाख १९, २०८१

अपाङ्गता भएका व्यक्तिलाई हेर्ने परम्परागत दृष्टिकोणमा परिवर्तन आवश्यक: राष्ट्रपति भण्डारी

काठमाडौ मार्ग १७, अर्थपूर्ण समावेशीकरण, सबै क्षमताको व्यक्तिका लागि पहुँच र सशक्तीकरण’ भन्ने मूल नाराका साथ मनाउँदै गरेको २४ औ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले अपाङ्गता भएका व्यक्तिलाई दयामाया नभई आत्मसम्मान एवम् अधिकारसहितको जीवनको सुनिश्चितता गरी विकासको मूल प्रवाहमा ल्याउनुपर्नेमा जोड दिनु भएको छ ।

त्यस्तै उहाँले नेपालको संविधानमा अपाङ्गता भएका व्यक्तिको सामाजिक, राजनीतिक र आर्थिक अधिकारको सुनिश्चितता गरी तिनमा नयाँ ऊर्जा थपिदिएकाले अब सरकारले आवश्यक कानुन निर्माण गरी तिनको हकहितलाई सुनिश्चित र सुरक्षित गर्दै कार्यान्वयन गर्नुपर्ने जिकिर गर्दै सबैको सामूहिक प्रयासबाट अपाङ्गता भएका व्यक्तिलाई हेर्ने परम्परागत दृष्टिकोणबाट परिवर्तन गरी उनीहरूको आत्मसम्मानसहितको मर्यादित जीवन सुनिश्चित गर्न सकियोस् भन्दै सम्बद्ध सबैमा राष्ट्रपतिले शुभकामना व्यक्त गर्नुभएको छ ।