आइतवार, बैशाख २३, २०८१

सभागृहबाट महानगरपालिका कार्यालय स्थानान्तरण गर्न अख्तियारद्दारा एक महिने निर्देशन जारी

काठमाडौं मार्ग १६, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजधानीको प्रदर्शनीमार्ग स्थित राष्ट्रिय सभागृहमा रहेका काठमाडौँ महानगरपालिकाको b2e6cddb5cb115292f254fdb8bae4829_Lकार्यालयले उपयुक्त विकल्प खोजी एक महिनाभित्र अन्यत्र स्थानान्तरण गर्न निर्देशन दिएको छ ।आयोगको आज बसेको बैठकले सभागृहको उचित संरक्षण र सम्बद्धन हुन नसकेको भनी गुनासो आएको भन्दै अख्तियारले निर्देशन दिने यस्तो निर्णग गरेको जनाएको छ ।

त्यस्तै आयोग द्दारा आज जारी सूचनामा महानगरपालिकाले अन्यत्र कार्यालय भवन खोज्ने प्रयोजनका लागि प्रचलित कानुनले दिएको सुविधाअनुसार द्रुत मार्ग प्रयोग गरी प्रक्रिया सुरु गर्न, कार्यालय स्थानान्तरण गरेपश्चात् सभागृहको मर्मत सम्भार गरी पूर्ववत् अवस्थामा ल्याउने एवम् राष्ट्रिय सभागृहको दिगो संरक्षण र सम्बद्र्धन गर्न भनेकोे छ ।

आगामी दिनमा राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरका सभा सम्मेलन आयोजना गर्न मुलुकभित्र अन्य वैकल्पिक स्थान नभएको एवम् राष्ट्रिय सभागृह आफैँमा राष्ट्रिय सम्पदा र धरोहरको रुपमा रहेको सन्दर्भमा सो स्थानमा काठमाडौँ महानगरपालिकाको कार्यालय रहनु सान्दर्भिक नदेखिएको आयोगले जनाएको छ ।
स्मरण रहोस गत बैशाख १२ को महाभूकम्प पछि बागदवारस्थित काठमाडौं महानगरपालिकाको कार्यालय सभागृहबाट सञ्चालन गरिदै आएको छ । यसअघि सभागृहलाइ दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको १८ औँ शिखर सम्मेलन आयोजनार्थ अन्तर्राष्ट्रियस्तरको सभाहलमा रुपान्तरण गर्दै रु २० करोड खर्च गरिएको थियो ।