शनिबार, बैशाख ८, २०८१

चरम अभावको मौका छोप्दै इन्धनको कालोबजारी गर्नेहरु पक्राउ

काठमाडौ मार्ग १६, भारतीय नाकाबन्दी र मधेस आन्दोलनका कारण भइरहेको इन्धनको चरम अभावको समयमा मौका छोप्दै इन्धन लगाउतका उपभोग्य सामानको कालाबजारी गर्न पल्लेका कालाबजारीहरुलाइ महानगरीय अपराध महाशाखाले राजधानीको विभिन्न स्थानबाट मङ्गलबार पक्राउ गरी आज hatkadi-1महानगरीय प्रहरी परिसर काठमाडौँको जिम्मा लगाएको छ ।

उनीहरुलाई पेट्रोलियम पदार्थसहित पक्राउ गरी कालोबजार तथा केही अन्य सामाजिक अपराध मुद्दामा आवश्यक अनुसन्धान कारबाहीको लागि महाशाखाले महानगरीय प्रहरीको जिम्मा लगाएको हो । महानगरीय अपराध महाशाखाले पक्राउ गरिएका कालाबजारीहरुबाट त्रमस झापा मेचीनगर नगरपालिकाका प्रकाश सापकोटाबाट पेट्रोल ८५० लिटर र डिजेल १६०० लिटर, झापा बाहुनडाँगी गाविसका प्रकाश पन्थ र तेजबहादुर दाहालको साथबाट पेट्रोल ३०० लिटर, झापा धुलाबारी गाविस मनोज साहबाट पेट्रोल १६५ लिटर र डिजेल ११० लिटर, काठमाडौँका प्रज्वल शाक्यबाट १०० लिटर, सुनसरी इनरुवा कावलदेव पोदार र मोरङ इन्द्रपुर गाविस सुनिल पोदारको साथबाट पेट्रोल एक हजार ३३० लिटर र डिजेल ३०० लिटर बरामद गरिएको जनाएको छ ।