शुक्रबार, चैत्र १६, २०८०

मधेस प्रतिको विभेदको अन्त्य र अधिकारको लागि मधेस आन्दोलन भएको नेताहरुको जिकिर

काठमाडौं मार्ग १६, विगत लामो समय यतादेखि मुलुकमा जारी नयाँ संविधानप्रति विमति राख्दै मधेस आन्दोलन जारी राख्दै आइरहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्दारा आज धनुषामा आयोजित आमसभामा मुलुकका प्रमुख दल मधेस प्रति उदासिन हुँदै मधेसमा जे गर्दा पनि हुन्छ भन्ने मानसिकता बाट प्रेरित  भएको आरोप लगाएका छन । त्यस्तैआमसभाका वक्ताहरुले मधेस र मधेसी जनतालाइ राज्यले हेर्ने दृष्टिकोण गरिदै आएको विभेदका कारण आज आन्दोृलनका जेहाड छेड्नु परेका बताउँदै नेताहरुले सरकारले जातीय नरसंहार मच्चाइरहेको आरोप समेत लगाएका छन ।

त्यस्तै वार्ताको नाममा नाटक गर्न पल्लेका गठबन्धन नेतृत्वको ओली सरकार सदैव मधेस प्रति विभेदकारी भएको भन्दै उनिहरुले मधेसी जनताले आफ्नो अधिकार नपाएसम्म आन्दोलन जारी रहने बताएका छन ।सम्बोधनको क्रममा लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर वर्तमान सरकारसमेत मधेस विरोधी भएको आरोप लगाएका थिए भने सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रस्तुत आन्दोलन मधेसी जनता आफ्नो अधिकार र पहिचानका लागि भएको जनाउ दिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । त्यस्तै सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसमा जारी आन्दोलनमा सरकारले गरेको बल प्रयोग नरोकिएसम्म वार्ता नहुने भन्दै अवको आन्दोलन निर्णायक आन्दोलन हुँने जिकिर गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ।