बिहिबार, बैशाख २०, २०८१

नाकाबन्दीको विरोधमा आज पनि मानव साङलो प्रदर्शन गरिदै

काठमाडौ मार्ग १४, नेपाली सिमानाकामा भारतको तर्फबाट जारी नाकाबन्दीका कारण मुलुकको समग्र क्षेत्र अस्तव्यस्त बनिरहेको भन्दै नाकाबन्दीको विरोधमा आज मानव साङलो प्रदर्शन गरिने भएको छ।

12316147_10153756579552329_1174222154836383332_nराष्ट्रिय स्वाधीनता अभियानले दिउँसो २ देखि ३ बजेसम्म नाकाबन्दी, हिंसा र दण्डहीनताको विरोध गरौँ, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं भन्नेमुल नाराका साथ सिंहदरबारदेखि युएन पार्क पुल्चोकसम्म मानव साङलो प्रदर्शन गर्नलागेको हो ।

त्यस्तै अभियानले मानव साङ्लोमा सहभागिता जनाउन सबैलाई आग्रह गर्दै नाकाबन्दीका कारण नेपालले भोग्नुपरेका समस्या बारेमा संयुक्त राष्ट्रसंघका महासचिवलाई ध्यानाकर्षण गराउन नेपालस्थित राष्ट्रसंघीय कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम पनि रहेको जनाएको छ ।