बिहिबार, बैशाख २०, २०८१

मुस्लिम आतङकबादीको राजधानीमा गोप्य बैठक

-सुनिल शर्मा
काठमाडौं मार्ग ११ , खुल्ला सिमाना र कमजोर व्यवस्थापनाका कारण अन्तराष्ट्रिय मुस्लिम आतङकबादी संगठन आइ एस् र ईण्डियन मुजाहिदिनको काठमाडौंमा नोवेम्बर ५ तारिकमा बसेको उच्च स्थरिय गोप्य बैठकले भारतको नयाँ दिल्लीमा आक्रमण गर्ने योजना बनाएका छन। बिशेष श्रोतका अनुसार आइ एस् का १० जना र ईण्डियन मुजाहिदिनका १८ जना गरी जम्मा २८ जना सङ्लग्न भेलाले भारतको नयाँ दिल्लीमा डिसेम्बर २७ तारिक भित्र आक्रमण गर्ने निर्णय गर्दै आइ एस् को सो टोली बाङ्लादेश प्रबेश गरी पुन भारत तर्फ प्रस्थान गरी सकेको छ।

राजधानीको ठमेल स्थित होटेल रेड प्लानेट् र काठमाडौं गेस्ट हाउसमा गोप्य रूपमा बसेको मुस्लिम आतङकबादीहरुको गोप्य भेलाले प्रथम चरणमा भारतीय परराश्ट्र मन्त्री सुष्मा स्वराजfdg र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या गर्ने निर्णय समेत गरेको छ। उक्त योजना सफल भएमा भारतलाई ५ बर्ष भित्रमा ईस्लामिक राष्ट्र घोषणा गर्ने निर्णय आइ एस् ले गरेको छ। आइ एस् ले भारतमा आक्रमण गरेर अन्तराष्ट्रिय चर्चा कमाउने गरी ठुलो आक्रमण गर्दै छ। भारतका बिभिन्न जेलमा थुनामा रहेका आफ्ना २१० जना सदस्यहरुलाई छुटाउने निर्णय गर्दै त्यसकालागी जुनसुकै आत्मघाती कदम पनि उठाउने निर्णय आइ एस् र ईण्डियन मुज्जहिदिनले गरेको छ। काठमाडौंमा मुस्लिम आतंकबादीहरुको बैठक सम्बन्धमा नेपाल प्रहरी र सुरक्षा निकाय बेखबर छ। मधेश आन्दोलनका कारण नेपाली सुरक्षा निकायको ध्यान मधेश आन्दोलनमा केन्द्रित भएको कारण मुस्लिम आतंकबादी भेला सम्बन्धमा बेखबर भएको हो। काठमाडौं स्थित भारतीय दुताबास र यसको सुरक्षा निकायलाई यसको जानकारी प्राप्त भए पनि पर्याप्त प्रमाण फेला नपरेको भन्दै दिल्लीलाई मात्रै हाइ अलर्ट राखेको छ।

आइ एस् का आतङकबादी पाकिस्तानबाट नेपाल प्रबेश गरेको बताइन्छ। पाकिस्तानी गुप्ताचर एजेन्सीको सहयोगमा नेपाल प्रबेश गरेका आइ एस् का आतङकबादीहरु पुर्बी नेपाल को सुन्सरी जिल्लाको भुटाहा र नरसिङ्हामा बसेर पुर्बी नेपालको बाटो भारत हुँदै बाङ्लादेश प्रबेश गरे पछी बाङ्लादेशमा आक्रमण गरेका छन। यसको जिम्मेवारी आइ एस् ले लिएको छ। काठमाडौंमा आइ एस् को गोप्य भेलाको नेत्रित्व ईण्डियन मुज्जहिदिनका तर्फ बाट महोम्मद अतिफले गरेका थिए। भेलामा ईस्लामिक समुह, जिहादी समुह र ईण्डियन मुज्जहिदिनको बिशेष सङ्लग्नता रहेको थियो। स्मरण रहोस् दक्षिण भारतबाट हाल सम्म आइ एस् मा भर्ना हुनेको सख्या १५० जना छ भने पुर्बी नेपालको रौतहट र सुन्सरी गरी १५ जना रहेका छन।  दिल्ली आक्रमण र काठमाडौंमा भेलाको सैचना पाएपछी नेपाल स्थित अध्यागमन बिभागले सिरियाबाट आउनेलाई अराइभल भिसा बन्द गरेपछी आइ एस् का सदस्यहरु पाकिस्तान र ईरानबाट नेपाल प्रबेश गर्न थालेका हुन। उनिहरुको पासपोर्ट ईरानी वा पाकिस्तानी हुने गरेको छ। यस् अघी आइ एस् का ५ आतंककारीलाई नेपालले भारतलाई बुझाएको छ। मुस्लिम आतङकबादी नेता कारीम टुन्डा र यसिम भड्कललाई नेपाल प्रहरीले गिरफ्तार गरी भारत पठाएको थियो। ईण्डियन मुज्जाहिदिनलाई नेपालमा नेश्नल   मेडिकल कलेजका मालिक एवम् एमाओबादीका सन्सदमा पराजित बसुरुद्दिनले सरक्षण दिने श्रोतको दाबी छ।

बसुरुद्दिन मार्फत नै एमाओबादी अध्यक्ष प्रचण्डलाई केही दिन अगाडि ईण्डियन मुज्जाहिदिनका नेताहरुले गोप्य भेटघाट  काठमाडौं स्थित लाजिम्पाटमा गरेका थिए। गोप्य भेट का अवसरमा कश्मिरका मुद्दा बारे कुरा उठाउदा कश्मिरी जनताको स्वतन्त्रताप्रती आफ्नो एक्यबद्दता रहेको प्रचण्डले आश्वासन दिएका थिए। हाल सीमा नेपाल-भारत सीमा क्षेत्रमा १६ हजार अवैद मस्जिद र मद्रसा बनेका छन। त्यसलाई ईरान, पाकिस्तान र साउदी अरबबाट सहयोग रकम आउने गरेको छ जहाँँ ईण्डियन मुज्जाहिदिनको पशिक्षण चल्ने गर्छ। समग्र घटनाक्रमलाई हेर्दा भारतको सुरक्षा निकायले यस् बिषयमा गम्भिर चासो नदेखाएको खण्डमा भारतमा ठुलो रक्तपात आइ एस् का आतङकबादीहरुले ईण्डियन मुज्जाहिदिनको सहयोगमा आउने कुरालाई इन्कार गर्न सकिदैन।