आइतवार, बैशाख २३, २०८१

राष्ट्रिय जनसंघर्ष मोर्चा आजदेखि भोटाहिटी धर्नामा

काठमाडौं मार्ग ११, विभिन्न राष्ट्रवादी दलहरु सम्मिलित राष्ट्रिय जनसंघर्ष मोर्चाले मुलुकमा उत्पन्न संकट अन्त्य गर्नका लागि भन्दै आफ्नो पूर्वघोषित 1कार्यक्रम बमोजिम आज राजधानीको भोटाहिटीमा २ देखि ४ बजेसम्म धर्ना दिएको छ ।
मोर्चाले प्रथम चरणको कार्यक्रम अन्र्तगत प्रस्तुत धर्ना कार्यक्रम आगामी १५ गतेसम्म निरन्तर संचालन गरिने जनाउँदै धर्ना कार्यक्रममा मोर्चाका तर्फबाट शोभ बहादुर बस्नेतले शान्ति र सुव्यवस्थाका निम्ति अवैधानिक तवरले खारेज गरिएको राजसंस्था बहाली गर्नु पर्ने बताएका छन भने राप्रपा नेपालकाप्रवक्ता समेत रहेका सगुन सुन्दर लावतीले १२ बुँदे सहमतिको मार्गचित्रमा बनाइएको संविधानले समाधान नभएर नयाँ द्वन्द सिर्जना गरेको अभिमत प्रकट गरेका थिए ।