शुक्रबार, बैशाख १४, २०८१

चक्रपथमा विद्यार्थीको मानवसाङ्लो  

काठमाडौ मार्ग ११, विद्यार्थीको बाँच्न पाउने र पढ्न पाउने अधिकार सुनिश्चित हुनुपर्छ भन्दै काठमाडौँको २७ किलोमिटर लम्बाईको चक्रपथमा 12299355_10153756580812329_9113570993711104422_n 12301622_10153756580767329_4036790970672963786_n 12310612_10153756580797329_2246756162014183628_n 12316147_10153756579552329_1174222154836383332_n विद्यार्थीसहितको मानवसाङ्लोले घेरी आज प्रदर्शन गरियो । पूर्वनिर्धारित कार्यक्रमअनुसार बिहान ११ देखि १ बजेसम्म चक्रपथलाई मानवसाङ्लो बनाई विद्यार्थी, अभिभावक र सरोकारवाला सबैले घेरेका थिए ।

निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन), उच्चमाध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान), संयुक्त विद्यार्थी सङ्गठन, शिक्षक महासङ्घ, अभिभावक सङ्घ नेपाल, राष्ट्रिय अभिभावक सङ्घलगायतका अपिनमा आबद्ध सङ्घसंस्था र संयुक्त विद्यार्थी सङ्गठनको आह्वानमा तराई मधेसमा जारी आन्दोलन र भारतको नाकाबन्दी अन्त्य हुनुपर्ने माग राख्दै प्रस्तुत कार्यक्रमको आयोजना गरिएको थियो ।तस्वीर: युपी लामिछाने