शुक्रबार, चैत्र १६, २०८०

काँग्रेस सभापति कोइरालाले भने- मेरो स्वास्थ्य ठीक भयो अब मुलुकको स्वास्थ्य ठीक हुन्छ

काठमाडौ मार्ग १०, गत कात्तिक २१ गते क्यान्सर उपचारको नियमित चेकचाँजको लागि अमेरिकामा जानु भएका नेपाली काँग्रेसका सभापति एवंम पूर्वप्रधानमन्त्री सुशील कोइराला आज साँझ नेपाल र्किनु भएको छ । स्वदेश फर्कनुभएका सभापति कोइरालाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 480X320_7beaeb7fdd85f0ee1b87b24cac50c74bसञ्चारकर्मीसँग कुरा गर्दै उपचार पछि आफ्नो स्वास्थ्य ठीक रहेको र अब छिट्टै मुलुकको वर्तमान समस्या पनि समाधान हुने बताउनुभएको छ ।

त्यस्तै कुराकानीकै क्रममा उहाँले मधेसमा भइरहेको आन्दोलनको माग समाधानका लागि आफू नेतृत्वको सरकारले संविधान संशोधनको प्रक्रिया अघि बढाएको जानकारी दिदै मधेसमा उठेका मागलाई पूर्णरुपमा बेवास्ता गरेर अघि बढ्न पनि नसकिने विचार अभिव्यक्त गर्नुभएको छ ।
सभापति कोइरालालाई विमानस्थलमा काँग्रेसका महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, प्रवक्ता दीलेन्द्रप्रसाद बडू, काँग्रेस प्रचास विभाग प्रमुख डा मीनेन्द्र रिजाल लगायत नेताले स्वागत गर्नुभएको थियो ।