बुधबार, बैशाख १२, २०८१

समिति सदस्यहरुद्दारा भारतीय राजदुतलाई फिर्ता पठाउन माग

संसदीय समितिको बैठकमा कालाबजारी गर्ने ११९ जनालाई पक्राउ गरी मुद्दा चलाइएको गृहमन्त्री बस्नेतको प्रष्टोक्ति 

काठमाडौं मार्ग  ११, व्यवस्थापिका–संसद् अन्तर्गतको सामाजिक न्याय तथा मानवअधिकार समितिको आज बसेको बैठकमा सदस्यहरुले मुलुकको संकट bicc-1समाधान गर्न सरकार कुटनीतिक र राजनीतिक रुपमा असफल भएको आरोप लगाउँदै नेपालका लागि भारतीय राजदुत रञ्जित रेले नेपालको अवस्थाबारे मनपरि ढंगले अभिव्यक्ति दिँदै आएको भन्दै उनलाई अविलम्व स्वदेश फिर्ता गराउन सरकारको ध्यानाकर्षण गराएका छन ।

त्यस्तै बैठकमा समितिको तर्फबाट गृहमन्त्री शक्ति बस्नेतसंग देशको सीमामा भएको अवरोधबाट मुलुकमा हरेक क्षेत्रमा देखिएको संकट र अत्यावश्यक बस्तुको कालोबजारी नियन्त्रण सम्बन्धमा गरेको छलफलमा गृहमन्त्री बस्नेतले इन्धनको चरम अभाव रहेको अवस्थामा कालोबजारी गर्ने ११९ जनालाई पक्राउ गरी मुद्दा चलाइरहेको जानकारी दिएको छ । गृहमन्त्री बस्नेतले २० वटा पेट्रोल पम्पले कालोबजारी गरी अनियमितता गरेको पाइएकाले यस किसिमको कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिनु भएको हो ।