बुधबार, बैशाख २६, २०८१

गठबन्धन सरकारका सासद द्दयलेनै मधेस आन्दोलनको प्रवक्ताको आरोप लगाउँदै राजदूत रेलाइ  फिर्ता पठाउन गरे माग

  काठमाडौं मार्ग ९, ससदको राज्य व्यवस्था समितिको आज बसेको बैठकमा बोल्दै एमाले सांसदद्दय यज्ञराज सुनुवार र गौरी ओलीले भारतीय राजदूत रेले आफ्नो पदीय जिम्मेवारी र कुटनीतिक मर्यादा विपरित अभिव्यक्ति दिएर मधेस आन्दोलनको प्रवक्ता जस्तै भएको आरोप लगाउँदै उनलाई फिर्ता पठाउनु पर्ने imagesमाग गरेको छ। त्यस्तै सांसदद्दय सुनुवार र ओलीले भारतीय राजदूत रेले आफ्नो पदीय जिम्मेवारी र कुटनीतिक मर्यादा विपरित अभिव्यक्ति दिएर मधेस आन्दोलन लाइ झन चर्काउने काम गरेको आरोप समेत लगाएको प्राप्त समाचारमा उल्लेख गरिएको छ।

त्यस्तै तत्कालीन माओवादी र काँग्रेस लगायतका प्रमुखदलवीच दिल्लीमा भएको १२ बुँदे सम्झौताको योजनाकार समेत रहको बताइने राजदूत रेले दुई देशको कुटनीतिक सम्बन्ध बलियो बनाउन भूमिका खेल्नु पर्नेमा ठिक त्यसको विपरित मधेस आन्दोलनको प्रवक्ता जस्तो गरी भाषण गर्दै हिडिरहनु आपत्ति जनक भएको जनाउ दिनु भएको समाचारमा उल्लेख गरिएको छ ।

साथै मधेसवादी दलले जारी राखेको नाकाबन्दी र आन्दोलनको कारण मुलुकले बेहोर्नु परेको असहज परिस्थितीबारे छलफल गर्न बसेको राज्य व्यवस्था समिति बैठकमा सुनुवारले सरकारको कार्यशैलीको पनि विरोध गर्दै मधेस आन्दोलनमा मृत्यु हुनेहरुका लागि ५० लाख दिने घोषणाले पनि आन्दोलन चर्किएको भन्दै त्यो रकम कुन स्रोतबाट दिने हो त्यसको राज्यले छानविन गर्नु पर्ने माग गर्नुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031