बुधबार, बैशाख १२, २०८१

१९५० को असमान सन्धि खारेज गर्न माग गर्दै प्रम ओलीलाइ बैद्यको ज्ञापन

काठमाडौ मार्ग ९ ,प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज नेपाल–भारतबीच सन् १९५० मा भएको सन्धि, गोर्खा भर्ती केन्द्र, व्यापार–पारवहन र जलस्रोतलगायतका असमान सन्धि–सम्झौताको खारेजीको घोषणा र मधेस आन्दोलन समाधान गर्न माग गर्दै छ बुँदे ज्ञापनपत्र बुझाएका छन । माओवादीका अध्यक्ष मोहन वैद्य नेतृत्वको टोलीले बुझाएको उक्त छ बुँदे मागपत्रमा भारतले गरेको नाकाबन्दी संयुक्त राष्ट्रसङ्घको वडापत्र, भूपरिवेष्टित मुलुकको निर्वाध mohan_baidhyaपारवहनको अधिकार, द्विपक्षीय सन्धि–सम्झौताका साथै बहुपक्षीय सन्धि सम्झौता र अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन भएकाले यसलाई संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउन समेत माग गरिएको छ।
त्यस्तै तेल, ग्यास र औषधिलगायत अत्यावश्यक वस्तुको अविलम्ब आपूर्तिको व्यवस्था मिलाउन, कालोबजारी गर्नेमाथि कारबाही गर्न, जलविद्युत् उत्पादन,लगायतका संम्भाव्यता खोज्न पनि माग गरिएको माग पत्र बुझ्दै प्रधानमन्त्री ओलीले आन्दोलनरत मधेसवादी दल र थारु समुदायको जायज माग पूरा गर्न आफू तयार रहेको तर अनावश्यक माग पूरा गर्न नसकिने प्रष्ट जवाफ दिदै जानरी नाकाबन्दी खलाउँन पनि कुटनैटिक पहल भइरहेको बताउँनु भएको बुझिएको छ ।