मङ्लबार, बैशाख २५, २०८१

उपकुलपति खनियाँलाई नेविसङ्घको १३ बुँदे ज्ञापन

काठमाडौ मार्ग ८ ,नेपाल विद्यार्थी सङ्घले शैक्षिक जगतमा देखिएको विकृति निवारणको लागि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थ खनियाँलाई विभिन्न १३ बुँदे सहितको ज्ञापनपत्र बुझाएका छन् ।  नेविसङ्घका अध्यक्ष रञ्जित कर्णको नेतृत्वको टाृेलीले बुझाएको उक्त ज्ञापनपत्रमा स्ववियु निर्वाचन गर्नुपर्ने, बिएससी खाद्य प्रविधिलगायतका विषयमा भूकम्पपीडित, गरिब, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने, विभिन्न क्याम्पसलाई दिइएको स्वीकृति nebisangaaबन्द गरी व्यवस्थित र वैज्ञानिक ढङ्गबाट दिनुपर्ने, मेडिकल, इन्जिनियरिङ्, बिबिएलगायतको पढाइमा बैंकबाट ऋण प्रवाह गर्नुपर्ने, भूकम्पबाट क्षतिग्रस्त भवन तत्काल पुनर्निर्माण गर्नुपर्ने, विद्यार्थी परिचयपत्रका आधारमा खाना पकाउने ग्यास र इन्धन उपलब्ध गराउनुपर्ने त्यस्तै सेमेस्टर प्रणालीलाई भौतिक पूर्वाधारसहितको व्यवस्था गर्नुपर्ने लगायतका बुँदा रहेको छ ।

त्यस्तै ज्ञापनपत्र बुझेपछि उपकुलपति प्रा डा खनियाँले त्रिभुवन विश्वविद्यालयले अनियमित रुपमा दिएको सम्बन्ध नपत्र रोक्ने साथै विभिन्न विद्यार्थी सङ्गठनसँग छलफल गरेर स्ववियु निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गर्नुको अलावा ज्ञापनपत्रमा उल्लेख भएको माग सम्बोधनको लागि सक्दो पहल गर्ने बताउँदै त्रिविको जिम्मेवारी सम्हालेकाले धेरै काम गर्न बाँकी रहेको र त्यस कार्यमा आफूलाई सघाउन विद्यार्थी सङ्गठनलाई आग्रह गर्नु भएको नेविसङ्घ प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031