बिहिबार, चैत्र १५, २०८०

राजदूतलाई रेलाइ प्याब्सनको ज्ञापन

काठमाडौ मार्ग २, निजी तथा आवासीय विद्यालयहरुको साझा संडठन प्याब्सनले भारतीय पक्षको अघोषित नाकाबन्दीका करण मुलुकमा इन्धनको चरम अभाव 1364-649891545607भइ लाखौँ विद्यार्थीले नियमित पठनपाठनको नैसर्गिक अधिकारबाट समेत बन्चित भएको भन्दै ध्यानाकर्षण सहित नेपालका लागि भारतीय राजदूत रञ्जित रेलाई मङगलवार ज्ञापनपत्र बुझाएको छ ।

काठमाडौं भक्तपुर र ललितपुर जिल्लाका अध्यक्षकोे सहितका संयुक्त टोलीले इन्धनको सिमानाकाबाट सहज आपुर्ति हुन नसक्दा आफ्ना विद्यालयका सवारीसाधन गुड्न नसकेको र व्यवस्था मिलाउँन र बालवालिको पढ्न लेख्न पाउँने अधिकारको तत्काल सुनिश्चितताको वातावरण बनाउँन आग्रह गरेको छ । मधेस केन्द्रित दलको आन्दोलनको कारण सीमामा अवरोध भएको भन्दै भारतले विगत २ महिना यतादेखि सिमानाकामा अघोषित नाकाबन्दी लगाउँदै आइरहेका छन ।