मङ्लबार, बैशाख ११, २०८१

नाकाबन्दी र मधेस आन्दोलन विरुद्ध अपीन र संयुक्त विद्यार्थी संगठनले चक्रपथमा मानव साङगलो प्रदर्शन गर्ने

काठमाडौं मार्ग ९, भारतीय नाकाबन्दी र मधेस आन्दोलनले बालबालिकामा परेको असरलाई अन्तराष्ट्रियकरण गर्न भन्दै   शिक्षण संस्थाहरुको छाता संगठन Untitled-212311033_10153752655687329_2449545192768525431_nअपीन र संयुक्त विद्यार्थी संगठनले शुक्रबार (११गते११ बजे) राजधानीको चक्रपथमा मानव साङ्लो निर्माण गर्ने भएका छन् । बुधबार अपीन र विद्यार्थी संगठनले संयुक्तरुपमा आयोजित पत्रकार सम्मेलनमार्फत बालबालिकाको अधिकारको ग्यारेन्टीको लागि २७ किलोमिटर लामो चक्रपथमा मानव साङगलो निर्माण गर्ने जनाएको हो ।

यसरी प्रदर्शन गरिने मानव साङ्लो कलंकी–सातदोबाटो–कोटेश्वर–चाबहिल–महाराजगञ्ज–चक्रपथ–बालाजु हुँदै पुन कलंकीसम्म मानव सांलोद्वारा चक्रपथ घेराउ गरिने पत्रकार सम्मेलन पछि जारी  विज्ञप्तिमा उल्लेख गरिएको छ।  त्यस्तै प्रस्तुत अभियानमा साथ दिन भन्दै आयोजक संस्था अपीनले मानव साङ्लो निर्माणमा नागरिक र पेशासगत संघसंस्थाका प्रतिनिधिले समेत साथ दिन आग्रह गर्दै मानव साङ्लोमा सहभागी हुने सबैले राष्ट्रिय झन्डा र भारतीय नाकाबन्दी तथा बालबालिकाको हक अधिकारका विषयमा उल्लेख गरिएको प्लेकार्ड मात्र बोक्न पाउने जनाएको छ।