बिहिबार, बैशाख २०, २०८१

अख्तियारद्धारा मुद्धा दायर

काठमाडौ कात्तिक ३०,  सर्लाही औरहीस्थित जनता मावि व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण रायले नियुक्तिको क्रममा पेश गरेको शैक्षिक योग्यताको download (7)प्रमाणपत्र छानविनको क्रममा नक्कली भएको भन्दै निज विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार माविको व्यवस्थापन समितिको अध्यक्ष बन्न कम्तीमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने कानुनी प्रावधान विपरित रायले पेस गरेको राजकीयकृत उच्च विद्यालय, यजुवार मुजफ्फरपुर भारतबाट सन् १९८९ मा माध्यमिक तह उत्तीर्ण गरेको भनिएको शैक्षिक योग्यताको अनुसन्धान गर्दा नक्कली पाइएकाले आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।