बिहिबार, बैशाख २०, २०८१

मनोइच्छापूर्णताका लागि अस्ताउँदो सूर्यलाई अर्घ दिदै आज छठपर्व मनाइदै

छठ पर्वको सँझिया घाट मोफसल देखि राजधानीसम्म 

काठमाडौ मार्ग १ , आज छठ पर्वको तेस्रो दिन राजधानी लगायत तराइका धेरैजसो जिल्लामा सूर्यदेवको उपासना गर्दै छठ पर्वको मुख्य पूजा अर्थात सँझिया घाट 148191_476455442406285_1451362724_nधुमधामका साथ मनाइदै छ। गत आइतवारवार देखि सुरु भएको छठपर्व अन्तर्गतआजको दिन भगवान सूर्यदेवको सभक्ति पूजा आराधना सहित साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिदै यो पर्व मनाइन्छ ।   सूर्यदेवको विशेष पूजाअर्चना  र अर्घका लागि    राजधानीको टङकेश्वर , गौरी घाट, , रानीपोखरी, त्यस्तै गरि ललितपुरको शङखमूल र भक्तपरको हनुमानघाटलगायतका जलाशयमा अस्ताउँदो सुर्यलाई अर्घ दिनेहरुको आज साँझ भिड लाग्ने गर्दछ । त्यस्तै छठपवका व्रतीहरुले आज रातभरि नदी, तलाउ तथा पोखरीको डिलमा जाग्राम बसेर भोलि बिहान पुनः उदाउँदो सूर्यको पूजाअर्चना सहित अर्घ दिँदै छठ पर्वको समापन गर्ने गरिन्छ ।

  मनोइच्छा पूरा हुने पूर्ण विस्वासका साथ मनाइने छठी माताको पर्वकै लागि आज जनकपुरस्थित गङ्गासागर, धनुषसागर, त्यस्तै राजधानीको थापाथली, टङकेश्वर, गौरी घाट शंखमुल, रानीपोखरी लगायतका क्षेत्र विशेषरुपमा सजाईएको छ । यसरी कात्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकाङ्क्षा पूर्णताको लागि लागि भगवान सूर्यको व्रत सहित पूजा अर्चना गर्नाले चर्म लगायतका यावत रोगव्याधी निको हुँनेको साथै विवाहिता महिला पुरुषले पति पत्नीको दीर्घायु एवम् अविवाहिताले सुयोग्य वरबधु प्राप्ति हुनुको अलावा सन्तान नहुने दम्पतिको लागि सन्तान वर प्राप्त हुने विस्वास सहित आजको दिन व्रतालुले  विशेषगरि पीठोबाट बनाइएको ठेकुवा, पुडी, लड्डु, कसार, उखु, केरालगायतका सामग्रीहरु प्रसादका  सूर्य एवम् छठीमातालाई अपर्ण गर्दै डुब्न लागेका सूर्यलाई अघ्र्य दिई सूर्य भगवानको विशेष पूजा गरिन्छ ।   यसअघि सोमवारका दिन ब्रतालुहरुले खरना पूजा गर्दै राति खीर, पुरी लगायतका वस्तुहरु कुल देवता र सूर्य देवतालाई चढाई अरबा अरबाइन अर्थात बिना नुनको खानेकुराहरु खाएका थिए ।  छठको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।