बिहिबार, बैशाख १३, २०८१

मधेस आन्दोलन र सिमानाकाको समस्या सल्टा-याउँन पापडको आव्हान

काठमाडौं कात्तिक ३० , विगत तीन महिनादेखि तराइ मधेशमा जारी आन्दोलन र डेढ महिनादेखि भारतको तर्फबाट सीमानाकामा गरिएको अघोषित नाकावन्दीका कारण मुलुकमा गम्भीर मानवीय संकट उत्पन्न भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल पापडले जनाएको छ ।

PAPAD Press release kattik 30साथै सञ्जालले अघोषित नाकावन्दीका कारण अहिले दैनिक उपभोग्य वस्तुको अभावसंगै स्वास्थ्य, शिक्षा, सञ्चार र विकास निर्माण कार्यमा गम्भीर संकट उत्पन्न भई राष्ट्र, राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र राष्ट्रिय एकताको जगमानै असर परेको भन्दै छिटो भन्दा छिटो राजनीतिक विषयहरूको सार्थक वार्ताको माध्यमबाट सम्बोधन गर्दै तत्काल समस्याको समाधान गर्न सरकार एवम् प्रमुख राजनीतिक दल ,आन्दोलनरत दललगायत सम्बद्ध सबैमा हार्दिक आह्वान गरेको छ ।

पापड आवद्ध पेशागत संघसङगठनहरु क्रमस नेपाल प्राध्यापक संघ,नेपाल बार एसोसिएसन,नेपाल इञ्जिनियर्स एसोसिएसन,नेपाल पत्रकार महासंघ,नेपाल चिकित्सक संघ र नेपाल शिक्षक महासंघको तर्फबाट अध्यक्ष रामेश्वर उपाध्यायले आज एक विज्ञप्ति जारी गर्दै यस्तो आव्हान गर्नु भएको हो ।