बिहिबार, बैशाख २०, २०८१

वरिष्ठ अधिवक्ता शर्माको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त

काठमाडौ कात्तिक ११, वरिष्ठ अधिवक्ता गणेशराज शर्माको मङ्गलवार भएको निधनप्रति नेपाली काँग्रेसले दुःख व्यक्त गरेको छ ।
काँग्रेस मुख्यालका मुख्य सचिव ऋषिकेश तिवारीद्वारा जारी विज्ञप्तिमा काँग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालासँग निकटमा गणेशराज शर्मारहनु भएका शर्माको निधनले नेपालको कानूनी क्षेत्रमा अपूरणीय क्षति पुगेको काँग्रेसले जनाएको छ ।

त्यस्तै विज्ञप्तिमा कोइरालाको महत्वपूर्ण दस्तावेजका रुपमा रहेको ‘जेल जर्नल’ र ‘आत्मवृत्तान्त’ प्रकाशित गरेर स्वर्गीय शर्माले नेपालको राजनीतिक इतिहासका बारेमा अझ बढी जान्ने अवसर प्रदान गर्नु भएको उल्ेख गर्दै शर्माको दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति काँग्रेसले समवेदना प्रकट गरेको छ ।