बिहिबार, बैशाख १३, २०८१

शनिबारदेखि ७.१ किलोको खाना पकाउने ग्यास वितरण गरिने

काठमाडौ कात्तिक १२ मुलुकमा भारतीय सरकारको तर्फबाट जारी अघोषित नाकाबन्दीका कारण सिर्जना भएको इन्धनको भरम अभावका साथ साथै खाना पकाउँने ग्याँसको समेत सङ्कट कायम रहदै आएका छन । यहाँ सम्मकी बडा दशैमा सोत खाना पकाउँने ग्यासको चरम अभावका कारण आम उपभोक्ताहरुले gas-cardदाउरा बाल्न बाध्य भएको अनेकन दृष्टान्तहरु हामी सामु विद्यमान रहेको छ । हो विगत दुइ महिना भन्दा लामो समय यता देखि जारी इन्धन अभावको समस्या लाइ दृष्टिगत गर्दै ग्यास उद्योगी सङ्घले शनिबारदेखि राजधानीमा ७.१ किलो बरावरको ग्यास वितरण गर्ने भएको छ ।

हुँनत ग्यासको सिलिन्डर १४.२ किलो हुने भएपनि अभावका कारण आधा मूल्यमा आधा ग्यास विक्रि वितरण गर्ने तयारी भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । प्रस्तुत तयारी अनुरुप प्रतिसिलिन्डर रु एक हजार ४०० मा बिक्रीवितरण हुँदै आएको ग्यास रु ७०० मा बिक्री गर्ने तयारी भएको बुझिएको छ । त्यस्तै नेपाल आयल निगमले मुलुकभर करिब ६२ लाख सिलिन्डर ग्यासका ग्राहक रहेको बताउँदै नाकाबन्दीका वाजुद पनि पछिल्ला केही दिनमा भारतबाट आएका २५ बुलेट ग्यास राजधानीमा ल्याउने तयारी गरिएको हो । तराईमा रोकिएका बुलेटलाई प्रहरी सुरक्षामा राजधानी ल्याउँर्दै व्यवसायीले ७.१ किलो ग्यास वितरण गर्न लागेको जनाएको छ ।