बिहिबार, बैशाख १३, २०८१

इन्धनको कालोबजारी गर्ने बुढाथोकी सहित ७ जना पक्राउ

काठमाडौ कात्तिक ११ , महानगरीय अपराध महाशाखाको विशेष टोलीले कलङ्कीस्थित कपिल बुढाथोकीको घरमा अवैधरुपमा भण्डारण गरिएको एक हजार ९०० download (2)लिटर पेट्रोलसहित पेट्रोलियम पदार्थको कालोबजारी गर्ने सातजनालाई पक्राउ गरेको छ । सरकारले तोकेको मूल्यभन्दा बढी मूल्यमा पेट्रोलियम पदार्थको कालोबजारी गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरीले काठमाडौँका कपिल बुढाथोकी, पर्सा जिल्ला घरमा छापा मार्दै खानतलासी गर्दा हरिप्रसाद तिमिल्सिना, टङ्कप्रसाद तिमिल्सिना, घनश्याम रिसाल, तोकबहादुर पाख्रिन, रत्नबहादुर श्रेष्ठ र सिन्धुपाल्चोकका गङ्गाकुमार श्रेष्ठलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बुढाथोकीको घर अगाडि टिनको टहरोमा लुकाइरहेको अवस्थामा एक हजार ७१० लिटर पेट्रोल र सोही स्थानमा रहेको बा१ज ६९६८ नं को ट्याक्सीभित्र जर्किनमा राखेको १९० सहित जम्मा एक हजार ९०० लिटर पेट्रोल फेला पारेको बुझिएकोछ । पक्राउ परेकालाई कालोबजारी ऐनअन्तर्गत आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडाँै चलान गरिएको छ ।