बिहिबार, बैशाख २०, २०८१

उपराष्ट्रपति पदको निर्वाचन कात्तिक १४ गते

काठमाडौं कात्तिक १०, व्यवस्थापिका–संसद् सचिवालयले यसअघि उपराष्ट्रपति पदको निर्वाचन बुधबारका लागि तोकेको भएपनि सभामुख ओनसरी घर्तीले विशेष कारणवश उपराष्ट्रपति पदको निर्वाचन भने १४ गते शनिबार बिहान ११ बजे गर्ने गरी मिति र समय संशोधन गर्न तोक्नुभएको व्यवस्थापिका–संसद् vc office सचिवालयद्वारा जारी सूचनामा जनाइएको छ ।  सचिवालयले आज प्रकाशन गरेको निर्वाचन कार्यक्रमअनुसार उपराष्ट्रपति पदमा राजनीतिक सहमति कायम नभएमा १३ गते १० देखि १ बजेसम्म उम्मेदवारीको प्रस्ताव दर्ता गर्ने, १ः३० बजे उम्मेदवारको नामावली प्रकाशित गर्ने, २ बजे उम्मेदवारको नामावलीउपर दाबी विरोध गर्ने, २ः३० बजेसम्म उम्मेदवारी फिर्ता लिनका लागि समय निर्धारण गरिएको छ ।

त्यसैगरी उपराष्ट्रपति पदको उम्मेदवारको अन्तिम नामावली सोही दिन ३ बजे प्रकाशन गर्ने, १४ गते शनिबार बिहान ११ देखि २ बजेसम्म गोप्य मतदान हुने, २ः३० बजे मतगणना, ४ः४५ बजे निर्वाचनको परिणाम सभामुखसमक्ष पेस गर्ने र अपराह्न ५ बजे निर्वाचन परिणाम व्यवस्थापिका–संसद्मा घोषणा गर्ने निर्वाचन तालिकामा उल्लेख छ । त्यस्तै एमाओवादीले उपराष्ट्रपतिमा पूर्वलडाकु प्रमुख नन्दकिशोर पुनलाइ उम्मेदवार बनाउने निर्णय गरेको छ । अन्य दलका तर्फबाट भने उपराष्ट्रपतिको उम्मेदवारको नाम सार्वजनिक गरिएको छैन ।