बुधबार, बैशाख १२, २०८१

एमाले ,काँग्रेस र नेमकिपाको तर्फबाट राष्ट्रपतिपदमा उम्मेदवारी दर्ता

1123काँग्रेसको तर्फबाट राष्ट्रपतिमा पूर्वमहामन्त्री गुरुङ र उपराष्ट्रपतिमा अमिय यादव उम्मेदवार

काठमाडौ कात्तिक १०,  व्यवस्थापिका–संसद्मा बहुमतिय प्रक्रिया अन्र्तगत राष्ट्रपति पदको लागि बुधबार हुने निर्वाचन र कात्तिक १४ गते शनिवार हुँने उपराष्ट्रपति निर्वाचन समेतको लागि प्रमुख प्रतिपिक्ष दल नेपाली काँग्रेसले आज आफनो उम्मेदवार तोकेको छ । काँग्रेसको आज बसेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले पूर्वमहामन्त्री गुरुङलाई राष्ट्रपति र अमिय यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय सहित आज व्यवस्थापिका–संसद्मा बहुमतिय प्रक्रिया उम्मेदवारीको प्रस्ताव दर्ता गराउनु भएको छ ।

पूर्वमहामन्त्री गुरुङको उम्मेदवारीको प्रस्तावमा प्रकाशमान सिंह र समर्थक कृष्ण सिटौला रहेका छन् भने हर्को राष्ट्रपतिको उम्मेदवारमा प्रमरख सत्तारुढदल 549.एमालेकाउपाध्यक्ष विद्या भण्डारीको उम्मेदवारी प्रस्ताव दर्ता भएको छ। भण्डारीको उम्मेदवारीका प्रस्तावक एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र समर्थकमा कमल थापा, योगेन्द्र चौधरी, दीपक बोहोरा, सीपी मैनाली, प्रेमबहादुर सिंह, जयदेव जोशी, चित्रबहादुर केसी, शिवालाल थापा, विसेन्द्र पासवान, लक्षमण राजबंशी र एकनाथ ढकाल रहेका छन्। त्यस्तैगरि यसपटक नेपाल मजदुर किसान पार्टीको तर्फबाट पनि राष्ट्रपतिको पदमा उम्मेदवारी दिएको छन । नेमकिपाका नारायण महर्जनले पनि उम्मेदवारी दर्ता गराएको संसद सचिवालयले जनाएको छ । कात्तिक  १४ गते हुने  तय भएको उपराष्ट्रपतिको निर्वाचनको लागि भने यसअघि सत्ताघटक दल एमाओवादीले नन्दकिशोर पुनलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेका छन् भने  नेपाली काँग्रेसले अमिय यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको  छ ।