बिहिबार, बैशाख २०, २०८१

राप्रपा (नेपाल सामान्तर)द्वारा जनतालाई इन्धन उपलब्ध गराउन माग

काठमाडौ कात्तिक १, राप्रपा (नेपाल समानान्तर) ले विजयादशमी जनताको घरदैलोमा आइसकेको अवस्थामा सरकारको तहमा जनतालाई इन्धन indhan 1सर्वसुलभरुपमा उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाउँन भन्दै एमाले अध्यक्ष केपी ओली नेतृत्व सरकारको ध्यानाकर्षण गराएको छ ।

पार्टीका कार्यबाहक अध्यक्ष गणेश शेरचनले हस्ताक्षरमा आज जारी विज्ञप्तिमा इन्धन आपूर्तिमा देखिएको असहजताकै कारण आम जनसाधारणको दैनिकी कष्टकर बन्नुको अलावा वडादशैंमा परिवजनसँग बसेर मान्यबरबाट टीका थाप्न आवतजावत गर्नु पर्ने परम्परामा समेत विद्यमान परिस्थितिले अवरोध खडा गरिदिएको छ, उपभोग्य सामानका खरीद र उपलब्धतामा समेत अफ्ठ्याराहरु सिर्जना गरिदिएको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा भाषणले मात्र जनताको आवश्यकता परिपूर्ति नहुने भन्दै नेपाली जनतालाई कम्तीमा आनन्दसँग दसैँ मनाउन सक्ने वातावरण तयार गर्न समेत माग पनि गरेको छ ।