शुक्रबार, चैत्र १६, २०८०

आयोगले विदाका दिनमा पनि आयोग खुला गर्ने

काठमाडौ कात्तिक १,  राष्ट्रिय मानव अधिकार आयोग वडादसैँ, दीपावली तथा छठ विदाका दिनमा केन्द्रीय, क्षेत्रीय तथा उपक्षेत्रीय कार्यालय दिउँसो ११ बजेदेखि २ बजेसम्म खुला रहने भएको छ । आमनागरिकको मानव अधिकार संरक्षणको कार्यलाई ध्यानमा राखी आयोगले विदाका दिनमा पनि केन्द्रीय, क्षेत्रीय तथा उपक्षेत्रीय कार्यालय खुला गर्ने निर्णय गरेको आयोगका सदस्य तथा प्रवक्ता मोहना अन्सारीले आज एक प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

NHRC_Press_Release_On_Opening_Office_in_Dashain_daysत्यस्तै विज्ञप्तिमा यसवीचमा आयोगले मानव अधिकार उल्लङ्घन र ज्यादतिका उजुरीहरू लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिको घटनामा आकस्मिक अनुगमनसमेत गर्ने व्यवस्था मिलाएको जनाउँदै विगत लामो समयदेखि औषधि, ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज नभएका कारण दैनिक जनजीवनमा पर्न गएको प्रभाव न्यून गर्न तथा उपभोक्ताको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारलाई प्रभावकारी रुपमा संरक्षण गर्न आयोगले नेपाल सरकारलाई ध्यानाकर्षण गराएको छ ।