बिहिबार, बैशाख २०, २०८१

यस्तो छ प्रधानमन्त्री चयनको कार्यतालिका

काठमाडौ आश्विन २२, व्यवस्थापिका–संसद् सचिवालयले नयाँ प्रधानमन्त्री निर्वाचनसम्बन्धी कार्यतालिका आज प्रकाशित गरेको छ । संविधानको धारा २९८ मा भएको सङ्क्रमणकालीन व्यवस्थाअनुसार व्यवस्थापिका–संसद्को बैठक आह्वान भएको सात दिनभित्र नयाँ प्रधानमन्त्रीको चयन गर्न भन्दै राष्ट्रपति डा रामवरण यादवले दिनुभएको समयसीमा बिहीबार सकिएपछि आजबाट बहुमतीय प्रक्रियाका आधारमा प्रधानमन्त्री चयनको प्रक्रिया सुरु गरिएको हो

Subash-nembang1-e1422420790220संविधानको धारा २९८ मा भएको सङ्क्रमणकालीन व्यवस्थाअनुसार व्यवस्थापिका–संसद्को बैठक आह्वान भएको सात दिनभित्र नयाँ प्रधानमन्त्रीको चयन गर्ने व्यवस्था रहेको छ । सात दिनभित्र सहमतिको आधारमा प्रधानमन्त्री चयन नभएको अवस्थामा बहुमतीय प्रक्रियाका आधारमा प्रधानमन्त्रीको चयन हुने प्रावधान अनुरुप स्थापिका–संसद्को आज बसेको बैठकमा सुवास नेम्बाङले प्रधानमन्त्रीको निर्वाचनसम्बन्धी आवश्यक व्यवस्था मिलाउन दिनुभएको निर्देशनअनुसार सचिवालयले प्रधानमन्त्री चयनको लागि हुँने कार्यतालिका प्रकाशित गरेको हो ।

प्रकाशित कार्यतालिका अनुसार शनिबार बिहान संसद् भवन नयाँबानेश्वरमा ११ बजेदेखि ४ बजेसम्म म प्रधानमन्त्रीमा निर्वाचित भए यी काम गर्न राजी छु भन्ने व्यहोराका आवेदनमा उम्मेदवारको हस्ताक्षर सहित एक जना प्रस्तावक र समर्थकले समर्थन गरेको प्रस्ताव सहितको प्रधानमन्त्रीका उम्मेद्वारी दर्ता र त्यसपछि शनिबारनै ४ः३० बजे सचिवालयले दर्ता भएको उम्मेदवारको अन्तिम सूची प्रकाशितको प्रकाशन गर्ने भएको छ । त्यसपछि आइतबार बिहान ११ बजे बस्ने संसद् बैठकमा प्रधानमन्त्रीको उम्मेदवारका समर्थक र प्रस्तावकले आ–आफ्नो धारणा राखेपछि मतदान प्रक्रियामा प्रवेश गर्नेछ ।