बुधबार, बैशाख १२, २०८१

नेपाल प्रहरीमा  तीनदर्जन  एसएसपीहरुको सरुवा को काँहा ? 

काठमाडौं प्रहरी प्रमुखमा एसएसपी थापा

काठमाडौ आश्विन २२,  नेपाल प्रहरीको मुख्यालयले तीनदर्जन एसएसपीहरुको सरुवा गरेको छ। शुक्रबार गरेको सरुवाअनुसार काठमाडौं प्रहरी प्रमुखमा एसएसपी 1 2 3 4विक्रम सिंह थापालाई ल्याइएको छ भने यसअघिका काठमाडौंतीनदर्जन प्रहरी प्रमुख उत्तमसिंह कार्कीलाई प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखामा सरुवा गरिएको छ ।

यसैगरी, एसएसपी गणेश केसीलाई लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौंमा र एसएसपी रमेश खरेललाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा सरुवा गरिएको छ भने एसएसपी शरद चन्दलाई महानगरीय प्रहरी कार्यालयको शान्ति सुरक्षा महाशाखा रानीपोखरीमा सरुवा गरिएको प्रहरीको मुख्यालयले जनाएको छ । त्यस्तै एसएसपी मिलन बस्नेतलाई महानगरीय ट्राफिक महाशाखामा र  वाग्मती अन्चल प्रहरी प्रमुख विनोद शर्मा घिमिरेलाई अन्चल प्रहरी कार्यालय सेतीमा पठाइएको छ भने नारायण सिंह खड्कालाई अन्चल प्रहरी कार्यालय नारायणीमा सरुवा गरिएको  छ । त्यस्तै भोगबहादर थापा कार्य महाशाखा यादवराज खनाल भारतीय नेपाली दुतावास  मुख्यालयले आज जारी सूचनामा उल्लेख गरिएको छ।