आइतवार, बैशाख ३०, २०८१

रोटीबेटीको सम्बन्धका वावजुद पनि भारतबाटै नेपालमाथि प्रहार हुँनु दु:खद: राजदुत उपाध्याय

नेपालमा नयाँ संबिधान जारी नयाँ दिल्लीमा अन्र्तक्रिया ,अघोषित ‘नाकाबन्दी’ सम्बन्धि प्रसंगको चर्चा

अन्र्तक्रिया कार्यक्रममा  नेपाल सरकार मुर्दावाद, नयाँ संबिधान खारेज गर जस्ता नारा लगाउने केही मधेशवादी समूह  पक्राउ

गोबिन्द पोख्रेल, नयाँ दिल्ली आश्विन २१,  नेपालमा गत आश्विन ३ गते जारी नयाँ नयाँ संविधानको उपलब्धी र विशेषताको सवालमा दिल्लीमा विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।  दिल्लीस्थित ‘कन्स्टिच्युसनल क्लब’मा आयोजित उक्त अन्तरक्रियामा नेपालमा संविधान घोषणा भएसंगै नेपाल–भारत सम्बन्धमा देखिएको दरार र भारतद्वारा लगाईएको अघोषित ‘नाकाबन्दी’ सम्बन्धि प्रसंगले निकै चर्चा पाएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।  कार्यक्रममा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले राजतन्त्रको अन्त्य सँगै भित्रिएके धर्म निरपेक्षताले नेपालमा ठूलो महत्व पाएको प्रसंग उल्लेख गर्दै संविधानमा धर्म सापेक्ष राष्ट्रको बिषयलाई अगाडि राख्दा राजतन्त्र पुर्नजिवित हुन्छ भन्ने डरले नेपाललाइ धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको दलिल प्रस्तुत गर्नु भएको थियो । साथै उहाँले पनि  प्रधानमन्त्री नरेन्द्र मोदीप्रति नेपाल–नेपालीको अथाह सद्भाव रहेकै अवस्थामा अहिले जारी नाकाबन्दीले दुइ देशवीचको सम्बन्धमा चिसोपन बढाएको छ भन्दै उहाँले नेपालमा मोदीको समर्थनमा देखिएका नेपाली जनता क्रमिक रुपमा मोदी विराधी बन्ने अवस्था नआउला भन्न नसकिने अभिव्यक्ति दिनु भएको प्राप्त समाचारमा जनाइएको छ ।

साथै भारतले नेपाललाई पेट्रोलियम पदार्थ उपलब्ध नगराए नेपाल निशंकोच विश्व बजारमा जान सक्ने जिकिर गर्दै ’ राजदूत उपाध्यायले ‘भौगोलिक, सामाजिक र सांस्कृतिक अन्तरसम्बन्धका आधारमा हाम्रो रोटीबेटीको सम्बन्धका वावजुद पनि भारतबाटै नेपालमाथि प्रहार हुँनु दुखद भएको उहाँको दलिल रहेको थियो । ‘
त्यस्तै संविधान बहसमा पूर्व परराष्ट्र सचिव र न्यूयोर्क्स्थित राष्ट्रसंघीय नियोगका पूर्व स्थायी प्रतिनिधि मधुरमण आचार्यले नेपालको शान्ती प्रकृयामा सबैभन्दा निकटको सहयात्री रहेको भारतले सतप्रतिशत सहमति र समझदारीको संविधानमा दुनियाँमा कहीं पनि हुन नसक्ने यथार्थलाई मनन गर्नुपर्ने आग्रह गरेका थिए ।
यो बेला हामी भारतलाई दोष दिन चाहँदैनौं,’ कुटनीतिक मामलाका जानकार आचार्यले भने, ‘तर अहिलेको नाकाबन्दीले नेपालजस्तो भुपरिवेष्ठित र सानो मुलुकले तासको म्यारिज खेलमा मात्रै ‘चाइना कार्ड’ प्रयोग गर्न सक्ने रमाइलो प्रसङ्ग पनि सुनाए । ‘हामी न चाइना कार्ड उपयोग गर्न सक्छौं, न इन्डिया कार्ड,’आचार्यले भने, ‘
र  त्यस्तैगरि पूर्व मन्त्री एवं संवैधानिक मामलाका जानकार माधव पौडेलले नेपालमा जारी संविधानको प्रमुख विशेषता झल्कने एक कार्यपत्र पेश गरेका थिए । कार्यपत्रका बुँदा र नेपालको राजनीतिक बारे नेपाली राजनीतिक मामलाका जानकार अच्युत वाग्लेले टिप्पणी गरेका थिए भने आयोजक संस्थाका प्रतिनिधी एमाओवादीको भातृ संगठन अखिल भारत नेपाली एकता मंचका आरबी खड्का, एमालेको भातृ संगठन प्रवासी नेपाली संघ भारतका लोकनाथ भण्डारी र नेपाली काँग्रेसको भातृ संगठन नेपाली जन सम्पर्क समिति भारतका बालकृष्ण पाण्डेले पनि नेपालको Kala Jhanda ra Pradarshanसंविधानको उपलब्धी बारेमा मन्तव्य राखेका थिए । विशेष गरी नेपाली राजनैतिक दलका ३ वटा जन वर्गिय संगठनहरु सम्मिलीत संयुक्त प्रवासी नेपाली संस्थाको आयोजना र विपि कोईराला नेपाल भारत प्रतिष्ठानको विशेष सहयोगमा नेपालको नयाँ सम्बिधान सम्बन्धमा अन्र्तक्रिया कार्यक्रमको दौरान नेपाल सरकार मुर्दावाद, नयाँ संबिधान खारेज गर जस्ता नारा लगाउने केही मधेशवादीहरुको समुहलाई दिल्ली पुलिसले पक्राउ गरेको बताईको छ ।
अन्र्तक्रिया कार्यक्रममा सहभागी भारतीय राष्ट्रवादी काँग्रेसका महासचिव डीपी त्रिपाठीले नेपाल देश छोटा जरुर हैं लेकिन काम भारत से वडा करता है भन्दै नेपालमा हालै जारी भएको संविधान दक्षिण एशियाली मुलुककै तुलनामा प्रगतिशिल र उदाहरणीय रहेको बताउँनु भएको थियो । त्यस्तै अन्र्तक्रिया कार्यक्रम प्रनेसंघ भारतका केन्द्रिय सचिव गोपाल थापा, नेपाली जन सम्पर्क समितिका केन्द्रिय सह महामन्त्री बिष्णु प्रसाद पाण्डे र केन्द्रिय सदस्य प्रमोद खरेल, नेबिसंघका पूर्व अध्यक्ष संदिप राना र नेबिसंघका वर्तमान अध्यक्ष मदन भण्डारीको सक्रिय भुमिकामा सम्पन्न भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2015
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930