बुधबार, बैशाख १२, २०८१

    दिल्ली ब्युरो प्रमुख पत्रकार अधिकारी सम्मानित

  नयाँदिल्ली आश्विन २१ , CA  सरोकारका दिल्ली ब्युरो प्रमुख समेत रहेका पत्रकार ऋषि राम अधिकारी सम्मानित भएका छन्। नयाँदिल्ली स्थित एक भव्य 2rishiकार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो।  विशेषगरी दिल्लीमा रही सिए अध्ययन गरिरहेका नेपाली सिए विद्यार्थीसंग सम्बन्धित समाचारहरु सम्प्रेषण गरेकोमा उनलाई भारतमा रही सिए अध्ययन गरिरहेका नेपाली सिए विद्यार्थीहरुको संगठन मध्येको एक हातेमालो नेपाली विद्यार्थी समूहले सम्मान गरेको हो।

ऋषि राम अधिकारीले हातेमालो नेपाली  विद्यार्थी समुहको ५ औं साधारण सभाको समाचार संकलन गरी पत्रकारिताको सुरुवात गरेका थिए।  त्यसपछी निरन्तर रुपमा सिए सरोकार डट कम,  टेलिभिजन  र  CA सरोकार रेडियो कार्यक्रममा समेत उनी कार्यरत छन्।  पत्रकारिताको ३ बर्षे अनुभव बटुलीसकेका अधिकारी नेपालको लोकप्रिय समाचार नेटवर्क सिए सरोकारका दिल्ली प्रतिनिधि हुन्।  त्यस्तै सिए फाइनलमा अध्ययन गरिरहेका ऋषि राम अधिकारी बहुप्रतिभाका धनी छन्।  पत्रकारिता बाहेक उनी गायन क्षेत्रमा समेत आबद्ध छन्।