सोमवार, बैशाख २४, २०८१

खासा र केरुङ नाका केही दिनमा सुचारु हुने

काठमाडौ आश्विन १८ , वाणिज्य तथा आपूर्ति मन्त्रालयले खासा र केरुङ नाका केही दिनमा सुचारु हुने जनाएको छ । मन्त्रालयले आज जारी विज्ञप्तिमा भारतीय PressReleaseसरकारद्दारा गरिएको अघोषित नाकाबन्दीका कारण मुलुकमा पेट्रोलियम पदार्थको चरम अभाव भई सिर्जना भएको विषम अवस्थालाइ दृष्टिगत गर्दै आपूर्तिलाई नियमित गर्नका लागि सरकार प्रयत्नशिल रहेको उल्लेख गरिएको छ ।

साथै विज्ञप्तिमा महाभूकम्पका कारण बन्द भएका उक्त नाका खुलाउन हरसम्भव प्रयास भइरहेको तथा त्यहाँबाट इन्धन लगायत उपभोग्य बस्तुको पैठारीका लागि कूटनीतिकस्तरमा पहलसमेत भइरहेको उल्लेख गरिएको छ । त्यस्तै.गरि केही सञ्चारमाध्यममा सरकारले चीनबाट पेट्रोलियम पदार्थको आयात गर्न नदिएको भन्ने समाचार आएकाले मन्त्रालयको उक्त समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै समाचारमा आफैमा कपोकल्पित रहेको पनि विज्ञप्तिमा जनाइएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2015
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930