बिहिबार, बैशाख २०, २०८१

प्रधानमन्त्री कोइराला र भारतीय राजदूत रायबीच भेटवार्ता

नाकाबन्दीको चौतर्फी आलोचना भएपछि अन्तत नाकावन्दीको परिवन्दबाट पछाडि हट्ने भारतीय राजदुतको संकेत
सोमवारबाट विगतकै जस्तै इन्धन आपुर्तिलाइ निरन्तरता दिइने

काठमाडौ आश्विन १६,  छिमेकी मुलुक भारतले यो वा त्यो बहानामा विगत एकसाता भन्दा लामो समय यतादेखि अघोषितरुपमा नेपालमाथि लगाउँदै आएको नाकाबन्दीको चौतर्फी आलोचना भएपछि अन्तत प्रस्तुत नाकावन्दीको परिवन्दबाट पछाडि हट्ने संकेत देखाएको छ । आज अपराह्न प्रधानमन्त्री सुशील download (17)download (18)कोइराला नेपालका लागि भारतका राजदूत रणजित रायवीच भएको अर्थपूर्ण भेटवार्ता पछि यस्तो संकेत देखिएको हो । वहाँहरुवीच भएको आजको भेटवार्ता मुलत नेपाल–भारतवीचको सुमधुर सम्बन्धका वावजुद पनि यसवीचमा देखिएको तिक्तताको सवाल र त्यस्तै गरि भारतबाट नेपालतर्फ आपूर्ति हुने पेट्रोलियम पदार्थलगायत अत्यावश्यक सामानको ढुवानीमा केन्द्रीत रहेको बुझिएको छ ।

त्यस्तै छलफलमा प्रधानमन्त्री कोइरालाले भारतबाट नियमित रुपमा हुनुपर्ने पेट्रोलियम पदार्थलगायत अत्यावश्यक सामानको आपूर्ति सहज बनाउन भारतको उच्चतम तहमा पहल गर्न राजदूत रायलाई अनुरोध गर्दैगर्दा राजदूतले रायले शुक्रबारदेखि केही नाकाबाट पेट्रोलियम पदार्थको आपूर्ति सहज भएको तथा आज बेलुका र भोलिसम्म थप केही नाकाको अवस्था पनि सहज हुने र सोमवारबाट विगतकै जस्तै इन्धन आपुर्तिलाइ निरन्तरता दिइने जानकारी प्रम कोइरालालई दिनुभएको प्रमका प्रेस संयोजक प्रकाश अधिकारीलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

साथै यसवीचमा दुइ देशवीचको सम्बन्धनलाइ थप मजवुत बनाउँ विभिन्न तह र तप्कामा भएको उच्चस्तरीय भेटवार्ता र प्रधानमन्त्री कोइरालाले शुक्रबार संसदमा सम्बोधन गर्दै भारतलाई आपूर्ति व्यवस्था सहज बनाउन गरेको अनुरोध पछि भारत नेपालतर्फको आपूर्ति व्यवस्था सहज बनाउन सहमत भएको बताईएको छ ।