शनिबार, बैशाख ८, २०८१

शोक प्रस्ताव पारित गर्दै संसद् बैठक २२ गतेसम्मका लागि स्थगन

काठमाडौँ आश्विन १७ ,  व्यवस्थापिका–संसद्को आजको बैठक दुईवटा शोकप्रस्ताव पारित गर्दै अन्त गरिएको छ । नेपाली काँग्रेसका नेता नरबहादुर थापा र एनेकपा ९माओवादी०का नेता रामचरण चौधरीको निधनमा बैठकले सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको हो ।

Subash-nembangगोर्खा परिषद्बाट २०१५ सालको संसदीय निर्वाचनमा काठमाडौँ क्षेत्र नं २ बाट निर्वाचित तथा लोकतन्त्रको स्थापनामा सक्रिय भूमिका निर्वाह गर्नुभएका नेपाली काँग्रेसका नेता थापाको ९० वर्षको उमेरमा यही आश्विन ३ गते आइतबार आफ्नै निवासमा हृदयघात भई निधन भएको थियो ।  त्यस्तै गरि पहिलो संंविधानसभाको निर्वाचनमा बर्दिया क्षेत्र नं ४ बाट निर्वाचित एमाओवादीका नेता तथा पूर्वमन्त्री चौधरीको पेटको क्यान्सरको उपचारका क्रममा गत शुक्रवार निधन भएकोमा एक मिनेट मौनधारण सहित गहिरो शोक प्रकट गर्दै दिवङ्गत आत्माको चिर शान्तिको कामनासहित शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको थियो ।

यसअघि सभामुख सुवास नेम्वाङले राष्ट्रपतिबाट सातदिनभित्र नयाँ मन्त्रिमण्डल गठन गर्नका लागि गरिएको आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो । व्यवस्थापिका संसद्को अर्को बैठक यही आश्विन २२ गते शुक्रबार दिउँसो १ः०० बजे बस्ने गरि अन्त गरिएको छ ।