मङ्लबार, बैशाख २५, २०८१

छाति छाम्ने बेला आएको छ

देश देश भनेर हामी धेरै करायौं
देश कै नाममा धेरै चोटि आवाज उठायौं
अब बेला भएको छ छाति छाम्ने देश छ  त्यहाँ पक्का भनी
त्यो ढुक्क ढुक्क ढड्किने मुटु यहि देश हो भनी
देश देश भनेर हामी धेरै करायौं

दुखेको छ देश आज
चारै तिर बैरीको निशानामा परेको छ
रोएको छ देश आज
आफ्नै सन्तति एक अर्काको आँखाको तारो बनेको छ
प्यारो प्यारो भन्दै देश हामी धेरै करायौं
देश कै नाममा धेरै छोटि रगत बगायौं

अब बेला भएको छ बैरी तिर छाति फर्काई लाम लाग्ने
त्यो थोपा थोपा रगतले यो माटोलाई सिंचने
देश देश भनेर हामी धेरै करायौं

बलेको छ देश आज
तिम्रो मेरो सानो स्वार्थमा अल्झेको छ
गलेको छ देश आज
हिंड्दा हिंड्दै बाटो विच अल्मलेको छ
तिम्रो मेरो भन्दै देश हामी धेरै करायौं
देश कै निम्ती धेरै चोटि ज्यानको बलि चढायौं
अब बेला भएको छ आफु भित्र देश जगाउने
एकताको एउटा नया“ आधार बसाल्ने

image– गौतम डंगोल “सन्देश”

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031