बिहिबार, बैशाख २०, २०८१

स्वतन्त्र नागरिक बन्ने इच्छा व्यक्त गर्दै डा भट्टराईद्वारा एमाओवादी पार्टी परित्याग

काठमाडौ आश्विन ९, एमाओवादीका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पत्रकार सम्मेलनको आयोजना गर्दै आज देखि पार्टी परित्याग download (11)गरेको घोषणा गर्नुभएको छ । त्यस्तै पत्रकार सम्मेलमा वरिष्ठ नेता डा भट्टराईले नेपालको राजनीतिमा ४० वर्षसम्म सक्रियतापूर्वक काम गरेको जनाउँदै अब स्वतन्त्र नागरिक भएर बस्ने इच्छा समेत व्यक्त गर्नुभएको छ ।

साथै उहाँले त्यस क्रममा गोरखा क्षेत्र–१ बाट संविधानसभा सदस्यमा निर्वाचित डा भट्टराईले अब संसद्को सदस्यसमेत नरहने स्पष्ट पार्दै सभामुखसमक्ष राजीनामा पेस गरेको बताउँनु भएको छ ।