बिहिबार, बैशाख १३, २०८१

नेपाली कांग्रेस सल्यान सम्पर्क समितिद्दारा नयाँ संविधानको स्वागत

काठमाडौं आश्विन ९ , नेपाली कांग्रेस सल्यान काठमाडौ सम्पर्क समितिद्दारा आज राजधानीमा मुलुकमा गत आश्विन ३ गते जारी भएको संघीयता सहितको संविधान २०७२ को स्वागत एवम् दशैको शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको छ ।

12047708_10203380541552952_6335825_n 12053202_10203380541712956_1716573571_nकांग्रेसका सह महामन्त्री पुर्ण बहादुर खड्काको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा संबिधानसभाबाट संविधान जारी भए पछि मुलुकमा देखिएको असहज परिस्थिती अन्र्तगत जारी मधेश तथा थारु आन्दोलन विद्यमान राजनैतिक संकट र यसको समाधानका सवालमा घनिभुतरुपमा सहभागी वक्ताहरुले आ-आफ्नो अभिमत प्रस्तुत गर्दै आसन्न नेपालीहरुको महान चाड दशैको शुभकामना आदान प्रदान गरिएको थियो ।

साथै त्यस अवसरमा ६ दशक भन्दा लामो समयको अन्तरालपछि विभिन्न कालखण्डमा   मुलुकमा भएको आन्दोलनको उपलब्धि स्वरुप संविधानसभाबाट प्राप्त नेपालको संविधान ०७२को मुल्यमान्यता र मर्मलाइ संस्थागत गर्नु आजका प्रमुख चुनौती भएको सवालमाकार्यक्रममका प्रमुख वक्ता कांग्रेस सह महामन्त्री पुर्ण बहादुर खड्का लगायतका अन्य वक्ताहरुले पनि चर्चा गर्नु भएको थियो ।

यस्तो छ कार्यक्रममा  काँग्रेसका सह महामन्त्री पुर्ण बहादुर खड्काले दिनु भएको  विचारोत्तेजक मन्तब्य….