बिहिबार, बैशाख २०, २०८१

प्रधानमन्त्री कोइराला र ३३ दलीय मोर्चावीच भेटवार्ता

 काठमाडौं  भाद्र ३१ ,  प्रधानमन्त्री सुशील कोइरालासँग ३३ दलीय मोर्चाका संयोजक एवम् राष्ट्रिय एकता मञ्चका अध्यक्ष शोभाराम थापाको नेतृत्वमा रहेको  वार्ता टोलीवीच   आज प्रधानमन्त्री निवास वालुवाटारमा भेटवार्ता भएको  छ ।’

download (5)वार्ताको क्रममा प्रधानमन्त्री कोइरालाले संविधानसभामा प्रतिनिधित्व नभएका दललाई पनि संविधान निर्माणको प्रक्रियामा सहभागी गराउन आफूले अत्यधिक प्रयास गरेको उल्लेख गर्दै     संविधान अभ्यासको क्रममा परिस्कृत र संशोधन हुने भएकाले अहिले नसमेटिएका विषय संशोधनमा समेटिन सक्ने   सम्भावना रहेको बताउँदै  प्रधानमन्त्री कोइरालाले     देशमा शान्ति र राजनीतिक स्थायित्व आवश्यक भएकाले सोका लागि सहयोग गर्न आग्रह गर्नु भएको  थियो ।   साथै    उहाँले संविधानअनुरुप अब हुने स्थानीय, प्रादेशिक र राष्ट्रिय  निर्वाचनमा सहभागी भएर जनताको सेवा र विकास निर्माणमा आफूलाई सरिक राख्ने अवसर सबैलाई प्राप्त भएको उल्लेख गर्दै ३३ दलीय मोर्चा र यसमा आबद्ध राजनीतिक दलहरूलाई त्यसलाई उपयोग गर्न आग्रह पनि गर्नुभयो ।

त्यस्तै  प्रम कोइरालासंगको भेटवार्ता  पछि   ३३ दलीय मोर्चाका संयोजक एवम् राष्ट्र्र्यि एकता मञ्चका अध्यक्ष शोभाराम थापाले पत्रकारहरुसंग कुरा गर्दै       प्रम   कोइरालाले संविधानसभाबाट बुधबार पारित भएको संविधानमा समर्थन जनाउन गरेको आग्रहलाई मोर्चाले समर्थन गरेको जनाउ  दिनुभएको  थियो ।