शुक्रबार, चैत्र १६, २०८०

संविधानसभाबाट ‘नेपालको संविधान ०७२ पारित

नेपालको संविधानको परिमार्जित विधेयक ३७ भाग,  ३०८ धारा  र ९ अनुसूची,  प्रस्तावना, संक्षिप्त नाम र प्रारम्भ विधेयकको अङग बनेको घोषणा

काठमाडौ भाद्र ३०, संविधानसभाले ‘नेपालको संविधान, २०७२ को परिमार्जित विधेयक’ मा समावेश ३०२ धारामाथि मतदान प्रक्रिया सम्पन्न गर्दै संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले नेपालको संविधानको परिमार्जित विधेयकको सम्पूर्ण धारा, अनुसूची, प्रस्तावना, संक्षिप्त नाम र प्रारम्भ Sambidhanविधेयककोअङग बनेको घोषणा गर्नुभएको छ ।
संविधानसभाको आजको बैठकमा अध्यक्ष नेम्वाङले नेपालको संविधानको परिमार्जित विधेककको प्रस्तावना, संक्षिप्त नाम र प्रारम्भलाई विधेयकको अङ्ग बनोस् भनेर राख्नुभएकामा बैठकले त्यसलाई पारित गरेको हो ।

 साथै अध्यक्ष नेम्वाङले संविधानको नाम ‘नेपालको संविधान २०७२’ रहने जानकारी दिदै प्रस्तुत संविधान २०७२ साल आश्विन ३ गतेदेखि प्रारम्भ हुने जानकारी दिनुभएको छ ।11150846_733817056723110_3755828969311424334_n

;+ljwfg;efsf] cfOtaf/sf] a}7sdf g]kfnL sfFu|]; ;efklt Pjd k|wfgdGqL ;'zLn sf]O/fnf cfkmgf] dGtJo /fVg' x'Fb} . tl:a/ M /Tg >]i7, /f;; .