बिहिबार, बैशाख २०, २०८१

हिन्दू राष्ट्रको पक्षमा जारी आमरण अनसन प्रति राप्रपा नेपाल समानान्तरको ऐक्यवद्धता

काठमाडौं भाद्र २४,  नयाँ संविधानमा सनातन हिन्दु राष्ट्र कायम गरिनु पर्ने माग सहित राजधानीको खुलामञ्चमा राष्ट्रिय हिन्दू युवा मञ्चको अगुवाइमा भाद्र १४ गते आमरण अनसन aबस्दै अनशनकारीहरुको माग प्रति राप्रपा नेपाल समानान्तरले ऐक्यवद्धता प्रकट गरेको छ ।

राप्रपा नेपाल समानान्तरका प्रवक्ता सगुन सुन्दर लावतीद्दारा आज जारी प्रेस विज्ञप्तिमा  संविधान बनाउने क्रममा आम नागरिकको भावना एवं संवेदनाप्रति सत्तासीन दल र मूलतः तिनका शीर्ष नेतृत्व उदासिन रहँदै उल्लेख गर्दै संविधान सिद्धान्ततः सहमतिको दस्तावेज हो, त्यसकारण बहुसंख्यक नेपालीहरूले मत संविधानमा समेटीनु स्वभाविक रहन्छ । त्यसैले संविधान निर्माणको क्रममा हिन्दु राष्ट्रको पक्षमा बहुसंख्यक नेपाली नागरिकहरूले दिएको सुझावप्रति जिम्मेवार र जवाफदेही रहँदै, सनातन हिन्दू राष्ट्रको मागलाई अविलम्ब स्वीकार गरी संविधानमा समावेश गरियोस् भन्ने जोडदार माग गर्दै सनातन हिन्दू राष्ट्रको पक्षमा भएको यस अभियानप्रति राप्रपा नेपाल समानान्तरको तर्फबाट ऐक्यवद्धता समेत जाहेर गरेको उल्लेख गरिएको छ ।