शनिबार, बैशाख ८, २०८१

भाद्रमसान्त भित्रमा संविधान जारी हुन्छ : उपप्रम सिंह

काठमाडौ भाद्र २४,  ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले आज यहाँ आयोजना गरेको धार्मिक कार्यक्रमलाइ सम्बोधन गर्दै उपप्रम प्रकाशमान सिंहले मुलुकमा भाद्र मसान्त भित्रमा संविधान  जारी हुने ठोकुवा गर्नु भएको छ ।  त्यस्तै उहाँले संविधानसभाको प्रक्रिया तथा सीमाङ्कनमा असन्तुष्ट सबै पक्षको भावनालाई सम्बोधन गर्दै उनीहरुलाई समेत समेटेर संविधान निर्माणलाई अन्तिम रुप दिन वार्ताको प्रयास भइरहे जानकारी दिनुभयो ।

कार्यक्रममा ब्रम्हकुमारी शिवानीले आध्यात्मिक चिन्तन तथा ध्यानले मानिसलाई सुख तथा शान्ति प्रदान गर्ने बताउनुभयो । केन्द्रका निर्देशक ब्रह्माकुमारी राज, डा रोहित गुप्ता, रामसिंह ऐरलगायतले आध्यात्मिक भावनालाई समाजको विकास तथा मानवकल्याणका लागि उपयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो ।