बुधबार, बैशाख १२, २०८१

राष्ट्रपति यादव र एमाओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाडौ भाद्र २४, राष्ट्रपति डा रामवरण यादव र एमाओवादीका अध्यक्ष प्रचण्डवीच आज मुलुकको समसामयिक राजनीतिक र संविधान निर्माणको सवालमा केन्द्रीत भेटवार्ता भएको छ download (1)।    त्यस्तै उहाँहरुवीच भएको कुराकानीको क्रममा राष्ट्रपति डा यादवले मधेसवादी दलहको आन्दोलनको प्रसग उठान गर्नु भएको र सोको प्रतिउत्तरमा एमाओवादीका अध्यक्ष प्रचण्डले प्रदेशको सीमाङ्कनमा चित्त नबुझी आन्दोलन गरिरहेका मधेसवादी दलहरूले उठाएका जायज मागलाई सम्बोधन गर्न आफूहरू तयार रहेको जानकारी गराउनु भएको बुझिएको छ ।

साथै अध्यक्ष दाहालले आन्दोलनरत मधेसवादी दललाई वार्ता आउन आह्वान गरिसकेको र वार्ताकै माध्यमबाट समाधान खोज्न आफूहरू तयार रहेको जानकारी राष्ट्रपति डा यादवलाइ गराउँनु भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।