मङ्लबार, बैशाख २५, २०८१

नेपाली महिलामाथि यौन शोषण गर्नेलाई कारबाही गर्न माग

गोविन्द पोखरेल / नयाँ दिल्ली भाद्र २४,    साउदी अरेबिया दूतावासका प्रतिनिधिले नेपाली दुई महिलामाथि बागलुङ घर भएकी ३० वर्षीया र बेलबारी मोरङकी ५० वर्षीया महिलालाई आफ्नै घरमा बन्दीसरह राख्दै बाहिरबाट आएका अतिथिलाई जबरजस्ती यौनकर्ममा लगाउने गरेको, बितेको ५ महिनामा साउदी अरेबियाको जेदादेखि भारतको नैनीताल र गुढगाउँसम्म लगेर निरन्तर अप्राकृतिक यौन सम्बन्ध र यौन दुर्व्यवहार गर्ने गरेको घटना सार्वजनिक भएसंगै उक्त घटनाको नेपाल पत्रकार महासंघ भारत शाखाले उक्त घटनाको घोर भत्र्सना गरेको छ । Press Bigyapti 2 (1)महासंघ भारत शाखाद्दारा जारी विज्ञप्तिमा मानव तस्करीको अभियोगमा आरोपित साउदी कुटनीतिक अधिकारीलाई पक्राउ गरी नेपाल–भारत सम्बन्धका आधारमा साउदी सरकारलाई बुझाउन र कडा भन्दा कडा कार्वाही गर्न पनि नेपाली राजदुतावास र नेपाल सरकारसँग जोडदार रुपमा मांग गरेको छ ।

घटना विवरण अनुसार साउदी अरेबिया दूतावासका प्रतिनिधिले दुई नेपाली महिलामाथि भएको यौन दुर्व्यवहार गरेको अभियोगमा हरियाणा, गुडगाउँस्थित एम्बिएन्स, क्याट्रियोना कम्प्लेक्स ई–ब्लकबाट पत्राउ गरिएको उल्लेख गरिएको छ । घटनाबारे माइती इन्डियाका संस्थापक बालकृष्ण पाण्डे नेपाली दूतावासमा जानकारी गराएपछि घटना सार्वजनिक भएको हो ।  त्यस्तै साउदी कूटनीतिक अधिकारीले बागलुङ घर भएकी ३० वर्षीया र बेलबारी मोरङकी ५० वर्षीया महिलालाई आफ्नै घरमा बन्दीसरह राख्दै बाहिरबाट आएका अतिथिलाई जबरजस्ती यौनकर्ममा लगाउने गरेको उल्लेख गरिएको छ ।

घटना विवरण अनुसार साउदी अरेबिया दूतावासका प्रतिनिधिले दुई नेपाली महिलालाई आफ्नै घरमा बन्दीसरह राख्दै बाहिरबाट आएका अतिथिलाई जबरजस्ती यौनकर्ममा लगाउने गरेको अभियोगमा हरियाणा, गुडगाउँस्थित एम्बिएन्स, क्याट्रियोना कम्प्लेक्स ई–ब्लकबाट पत्राउ गरिएको उल्लेख गरिएको छ । घटनाबारे माइती इन्डियाका संस्थापक बालकृष्ण पाण्डे नेपाली दूतावासमा जानकारी गराए पछि घटना सार्वजनिक भएको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031