शुक्रबार, बैशाख २१, २०८१

संविधान निर्माणलगत्तै स्थानीय निकायको निर्वाचन : उपप्रम सिंह

काठमाडौ भाद्र २३, स्थानीय विकास मन्त्रालय मन्त्रालयले आज आयोजना गरेको पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल, सूदुरपश्चिमाञ्चल विकास क्षेत्रको आव ०७१/७२ को वार्षिक समीक्षा 11997106_10153609184617329_23032108_nगोष्ठीलाइ सम्बोधन गर्दै उपप्रम प्रकाशमान सिंहले कानुन र विधिसम्मत रुपमा काम गर्न कर्मचारीलाई निर्देशन दिनु भएको छ ।

त्यस्तै नेपाली काँग्रेसका महामन्त्रीसमेत रहनुभएका उपप्रम सिहले स्थानीय विकास मन्त्रालय आफैमा प्रत्यक्ष जनसरोकार राख्ने मन्त्रालय भएको जिकिर गर्दै जनचाहना अनुसारको कार्य सम्पादन आवश्यक रहेको बताउँदै सबै राजनीतिक दलको चुनावी घोषणापत्रमा स्थानीय निकायको निर्वाचन गर्ने उल्लेख भएकाले संविधान निर्माणलगत्तै स्थानीय निकायको निर्वाचन हुने बताउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । कार्यक्रममा मन्त्रालयका सचिव माधवप्रसाद रेग्मी , मन्त्रालयका अनुगमन तथा मूल्याङ्कन महाशाखाका प्रमुख गोकर्णमणि दुवाडी, गाविस महासङ्घका अध्यक्ष नवराज गेलाल, नगरपालिका सङ्घका सचिव कलानिधि देवकोटालगायतले बोल्नु भएको थियो ।